५ आश्विन २०८१ शनिबार
image/svg+xml

अलपत्र अवस्थामा रहेको पासाङल्हामु मार्ग निर्माण सुरु

सडक विस्तारका क्रममा विवाद भएपछि अलपत्र परेको सो मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले जानकारी दिए।

गिडीदहमा पदमार्ग निर्माण सुरु

जुम्लाको तातोपानी–४ मा रहेको गिडीदह पुग्ने पर्यटकीय पदमार्ग निर्माण सुरु भएको छ । गिडीदहलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन पदमार्ग निर्माणदेखि दहको सौन्दर्य र महत्त्वबारे पनि स्थानीयले विशेष पहल थालेका छन् ।

म्याग्दी-राहुघाट: सवस्टेशन र प्रसारण लाइन निर्माण सुरु

सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँग २६ मिलियन अमेरिकी डलरमा सवस्टेशन र प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। आयोजनाको ठेक्का अवधि ३० महिनाको छ।

संशोधित बजेट पनि खर्च गर्न सक्दैनन्

सरकारले महत्वाकांक्षी लक्ष्यसहित अघि सारेका सिँचाइसम्बन्धी राष्ट्रिय गौरवका आयोजनाको आर्थिक वर्ष २०७८/७९ मा उत्साहजनक भौतिक प्रगति देखिएको छैन।

ठूलोखोला जलविद्युत आयोजनाकाे निर्माण सुरु

तीन हजार ६०० मिटर लामो सुरुङ र एक किलोमिटर पेनस्टक पाइपलाइन रहने आयोजनाको आउटलेटदेखि विद्युत गृहको उचाइ (हेडरेड) ४०० मिटर छ। एसएसएसएन साकुरा जेभी सिभिल ठेकेदार रहेको आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार छनोट गर्ने क्रममा रहेको आयोजना प्रमुख हमालले बताए।

मेलम्ची खानेपानी बाँधस्थल अझै पुनः निर्माण सुरुआत हुन सकेन

पहिराका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ। राष्ट्रिय गौरवको सो आयोजनामा आयोजनास्थल माथिबाट आएको पहिराको क्षतिग्रस्त संरचनाको मर्मत अझै सुरुआत हुन सकेको छैन।

भवन निर्माण सुरु भएको एक वर्षपछि काठको अनुमति

व्यास गाउँपालिका–१ छाङ्गरुस्थित गागामा सशस्त्र प्रहरीको भवन निर्माण सुरु गरेको एक वर्षपछि निर्माण व्यवसायीले काठको अनुमित पाएको छ।

त्रिशूली १ जलविद्युत् आयोजनाको निर्माण सुरु

ठेकेदार कम्पनीले आयोजनाको २०८३ को मंसिरभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। २४६ मिटर भेन्टिलेसन टनेल निर्माणका लागि चट्टान फोर्न मंगलबार पहिलो विष्फोट गराइएको छ। मुख्य प्रवेश सुरुङ, केबल सुरुङ, मुख्य सुरुङ लगायत संरचना निर्माण सुरु गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्