दोस्रो डोज खोप पाएका ज्येष्ठ नागरिक भन्छन्ः अब त बाँचिएला
कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका उनीजस्ता ६५ वर्ष उमेर समूहमाथिका जेष्ठ नागरिकका लागि आइबारदेखि एस्ट्राजेनिका खोप दिन थालिएको छ। पाँच महिनापछि दोस्रो खोप लगाउन पाएकोमा उनमा खुसीको सीमा थिएन। उनले दोस्रो मात्रा भने एस्ट्राजेनिका खोप लगाइन् ।