७ वैशाख २०८१ शुक्रबार

आम्दानीको स्रोत बन्दै धुपीको दाउरा र पात

जुम्ला तातोपानी गाउँपालिका ८ का ३८ वर्षीय भीमबहादुर बुढा अधिकांस समय धुपीको दाउरा र पात संकलनमै व्यस्त हुन्छन्। उनी धुपीको पात र दाउरा बेचेर गुजारा चलाउँछन्। गत वर्ष १ क्वीन्टल ५० केजी धुपीको दाउरा बेचे। दाउरा संगै उनले धुपीको पात बेचेर एकमुष्ट ९ हजार रुपैयाँ कमाए। उनका लागि त्यो ९ हजार रुपैयाँ राम्रो आम्दानी हो।

आम्दानीको स्रोत बन्दै जुम्ली काठे ओखर

घरमा ल्याएको ओखर पनि पानीमा पकाएर भित्रको गुदीबाट तेल निकाल्ने गरिन्थ्यो। तर दुख धेरै, तेल कम आउने भएपछि किसान ओखर खेतीमा चासो दिदैनथे। अहिले गाउँमा ओखर प्रशोधन केन्द्र स्थापना गरेर तेल निकाल्ने मेसिन राखेपछि काठे ओखरको खेतीमा किसान आकर्षित हुन थालेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्