कालोपत्रे हुँदै मध्यपहाडी सडक
राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्तर्गत मध्यपहाड हुँदै खोलिएका सडकमा कालोपत्रे भइरहेको छ। पहाड छिचोलेर बनाइएको सडक कालोपत्रे हुँदा सुन्दर देखिएको हो।
राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्तर्गत मध्यपहाड हुँदै खोलिएका सडकमा कालोपत्रे भइरहेको छ। पहाड छिचोलेर बनाइएको सडक कालोपत्रे हुँदा सुन्दर देखिएको हो।
अहिलेसम्म ११ सय ४७ किलोमिटर मात्रै कालोपत्रे भएको छ। अब ७ सय ३२ किलोमिटर कालोपत्रे गरेमात्रै लक्ष्य हासिल हुन्छ। यही आयोजना मातहत पर्ने २ सय ३६ किलोमिटर सडक र २५ वटा पुलको ठेक्का समेत लागेको छैन। तोकिएको समयमा निर्माण नहुँदा यो आयोजना एक दशकदेखि अलपत्र छ।
वर्षाले कच्ची सडकहरु भत्कने, पुर्ने, पहिरो जाने र हिलोले खाल्डाखुल्डी पर्दा गाडी चलाउन समस्या परेको यातायात व्यवसायीहरु बताउँछन्। व्इवसायीहरुका अनुसार पहाडी भेगका प्राय सबै कच्ची सडकहरुको हालत लगभग उस्तै छ।