गठबन्धनको औचित्य
दुई सांसद भएको पार्टीका दुवैलाई मन्त्री दिने प्रतिबद्धता होस् वा गठबन्धन भएपछि त्यस्तो प्रतिबद्धता कार्यान्वयन नगर्ने प्रवृत्ति नै किन नहोस्, यसले गठबन्धन केवल सत्ता प्राप्तिका लागिमात्रै भएको देखिन्छ। आगामी दिनमा दलहरूले गठबन्धन संस्कृति टिकाउन र सरकारमा स्थायित्व दिन आफ्नो राजनीतिक संस्कार सुधार्नैपर्छ।