५ वैशाख २०८१ बुधबार

हमालद्वारा धनगढीमा नि:शुल्क ‘महाप्रस्थान यान’ संचालन

सुन्दर सुदूरपश्चिमका अभियान्ता तथा व्यवसायी गोपाल हमालले धनगढीमा निशुल्क महाप्रस्थान यान संचालनमा ल्याएका छन । शवलाई सम्मानजनक तरिकाले आर्यघाट सम्म पुगाउने वाहनलाई हमालले महाप्रस्थान यान नाम राखेका हुन । शव वोक्ने उपयुक्त वाहन नभएकाले आफन्तको मृत्यु भएर शोकमा डुवेका परिवारलाई सवारीसाधन खोज्न समस्या रहेको थियो । शव वोक्न अरुले सवारीसाधन दिन नचाहने र उपयुक्त वाहान नहुदाँ शवलाई सम्मानजनक रुपमा आर्यघाट सम्म पुगाउन स्थानियले भोगिरहेको समस्या देखेपछि ३० लाख लगानीमा महाप्रस्थान यान संचालन गरेको हमालले बताएका छन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्