१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

दिमागमा पिपल रोप सरकार अक्सिजन मिल्छ

दिमागमा पिपल रोप सरकार अक्सिजन मिल्छ, लाज लागे अनुहार छोप सरकार अक्सिजन मिल्छ। जनताले दुःख पाए के हुन्छ महलमा बस्नेलाई ? किन ल्याउनु पर्यो खोप सरकार अक्सिजन मिल्छ। युवाजति विदेशतिर लखेटी आसेपासे राखी, समृध्दि हुन हुन्न लोप सरकार अक्सिजन मिल्छ।

उठी नानी उठी !

मिलाएर लोली बोल्दै मीठो बोली हात घुमाई–घुमाई धारा आफैं खोली चुठ्नचाहिँ चुठी तर मुखै जुठी उठी नानी उठी नानी उठी उठी !

उठी नानी उठी !

मिलाएर लोली बोल्दै मीठो बोली हात घुमाई–घुमाई धारा आफैं खोली चुठ्नचाहिँ चुठी तर मुखै जुठी उठी नानी उठी नानी उठी उठी !

नाजवाफ शिक्षक

लामो सास तान्दै जवाफ दिए विद्यार्थीले, ‘त्यही त बेइमानी भयो नि, मैले मेरो जिन्दगीमा कहिल्यै बी प्लससम्मको ग्रेड ल्याएको छैन। तर सरहरूले यसपालि बर्बादै गर्नुभयो नि, मलाई त अब कक्षा ११ पढ्न पो डर लाग्यो सर, रिजल्ट ए प्लस छ तर मेरो क्षमता त्यति धेरै छैन।’

चौबिस वर्ष

तिनै प्रधानाध्यापकको निवृत्त हुने बेला शिक्षकहरूबीच गाइँगुइँ हल्ला सुनियो । नयाँ आउने शिक्षकले सरुवा हुन उनीलाई त दह्रो बिटो पो चढाएका रहेछन् । चौबिस वर्षसम्म दुईदुई पदमा बस्दा विद्यालयलाई घाटा लगाएको लेखाजोखा नहुँदै उनले निवृत्त हुने बेलामा समेत दह्रो रकम लिन सफल भए।

अचानक

यसरी अचानक हाम्रो अगाडि आउने त्यो अरू कोही थिएन बासी विचारको गह्रौं भारी बोकेर बकम्फुसे कुतर्क गर्दै हिंड्ने बासी मान्छे अर्थात् बालुवाटार र सिंहदरबारमा बस्ने विवेकहीन भ्रष्ट मान्छेहरूको जमात थियो !

चिन्टु र पिन्टु

पिन्टुले बिस्तारै उठेर टाउको झुकाउँदै भन्यो – “माफ गर दाइ ! म हात्तीको मायाले अन्धो थिएँ । आज तिमीलाई चिन्ने मौका पाएँ। अबदेखि तिमीलाई कहिल्यै छोड्दिनँ । तिम्रो अगाडि हात्तीको कुरा पनि गर्दिनँ । हात्तीभन्दा तिमी लाखौं गुना ठूला रहेछौ । अब म जीउको आकार हेर्दिनँ । मन हेर्छु । ”

पहाडी गाउँमा

उँधोलाई हेर्याे त्यो मेवाखोला, उँभोलाई हिमाल, डाँडामा बसी हेर्छु यो दृश्य,सेताम्मे हिमाल। पहाडी गाउँ हरियाली ठाउँ, हेर्नमै रमाइलो, बादल फाटी आकाश खुल्ला, दिन भाछ घमाइलो। मंसिरको महिना पहेँलपुर धान, खेतभरि झुलेको,समय गा’को केही पत्तो पाइनँ,यस्तैमा भुलेको। उकाली हिँड्दा थकाइ लाग्दा, बिसाउने चौतारी, सुरिलो स्वरमा स्वर मिलाईमिलाई,गाउँदै छन् दौतरी।

समाज

पल्लाघरे पन्ध्र वर्षीय सानी जो बुवाको मृत्युपछि दुई नाबालक भाइहरूको पढाइ र रोगले थलिएकी आमाको जिम्मेवारी आफ्नै काँधमा थियो। दुई सिफ्ट काम गर्थिन्। पढाइमा अब्बल भए पनि बिचमै छोड्नुपरेको थियो।

प्रतिप्रश्न

प्रश्न सोधियो, ‘नेपाली छोरीले प्रगति गरेकोमा हजुरबुबाको गर्व र खुसीका अनुभव के कस्ता छन् , कृपया...! सुरुमा त उनले केही बोलेनन् तर पछि धर पाएनन् । खुइय्य गर्दै टोपी झिके र तप्प चुहिएको आँसु पुछ्दै प्रतिप्रश्न गरे, ‘न उनको जन्मथलो नेपाल हो , न त उनी नेपाली हुन् । न त उनीसँग नेपाली हुनुको मनस्थिति छ न त कुनै कागजपत्रको प्रमाण ! कसरी उनी नेपाली चेली भइन् र यत्रो गुणगान गाउनु भयो ?’

सासको बोट

पलपल ढुकढुक गरी मुटु धड्काइरहेको सास, कुनै दिन पैसाले पनि किन्नै नसकिने गरी महँगो हुने रहेछ एक दिनका लागि सास किन्न नसक्दा थाहा भो, हेर्दा सरल देखिने जीवन कति मूल्यवान् रहेछ, हेर्दाहेर्दै आफैंले हुर्काएको पीपलको चौतारीमा लामो सुस्केरा हाल्नै नपाई आशहरू लास भैदिए आखिर, पिपलको बोट पनि त कहाँ सासको बोट रहेछ र !

गोठे गोरु हरायो

केही समयपछि ठूला ठूला चोक्टा मासु पोल्न थाले । आगोको भुँङ्ग्रोमा मासु पोल्दा चर्चर् आवाज आइरहेको थियो । पोलेको मासु सेलाएपछि साना साना टुक्रा बनाएर काटे अनि मलाई पनि दिए।पोलेको मासु खाएँ । साह्रै मिठो थियो । पेटभरि मासु खाएपछि गोठे गोरु फुकाएर घरतिर आएँ । फर्कदा पनि बाटाभरि चोँचे थिए । चोँचेले छोला र जात जाला भनेर लौरो घुमाउँदै थिएँ । कुनै सुँगुरले छुन पाएन । जात जोगिएकोमा खुशी भएँ । तर धेरै समयपछि थाहा भयो— मैले झुपे कुमालको घरमा खाएको मासु त्यै चोँचेको रहेछ ।

अदृश्य शासक

बितिरहेछन् दिनहरू कैदीझैं तारिखमा। फेरि कहिले बिउँझेलान् ? कुम्भकर्ण सडकहरू। साँघुरिएको क्षितिजबाट फेरि कहिले हराउलान् ? माल्थसका उडुसहरू। अनि फेरि कहिले उठौंला ? हत्केलामा सगरमाथा लिएर इन्द्रेनी सपना बुन्दै म।

सिस्टम

सुब्बा भाइले भने– ‘छोडेकै हो दाजु, यो त माखेसाङ्लो हो । पासपोर्ट लिने बेलामा हेरेर रूजु गरेर लैजानू है भन्ने हो। प्राय मान्छेहरू नहेरी लैजान्छन् अनि जब पासपोर्टको काम पर्छ। स्पेलिङ मिल्दैन । ऊ कुदेर यहाँ आउँछ र चाँडै सच्याइदिनु भनी खुसामद गर्न थाल्छ । पैसा दिन्छ । नत्र सोझो औंलाले घिउ कसरी आउँछ र दाजु ?’

प्यारो मेरो बाबा

मेला लाग्दा काँधमा राखी मलाई बोक्नुहुन्छ, मैले नाच्दा मेरो बाबा मादल ठोक्नुहुन्छ। बजारबाट ल्याउनुहुन्छ झ्याइँ–झ्याइँ गर्ने बाजा, मलाई साह्रै माया गर्ने मेरो प्यारो बाबा।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्