२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

डा.शेखरकुमार श्रेष्ठका ‘छाता’ र ‘बोकाको खुसी’ हेर्दा

उनका लघुकथाहरूले भविष्यप्रति आशावादी सोच राखी उज्ज्वल भविष्यप्रति इमानदारीपन देखाएको छ। स्थानीय कला, संस्कृति, हावापानी, आफू जन्मेको स्थानको महत्त्वलाई सरल र सरस ढंगले उनका लघुकथाहरूमा अभिव्यक्त भएको देखिन्छ।

नेपाल मुक्तक प्रतिष्ठानको दुई पुरस्कारको घोषणा

नेपाली मुक्तक साहित्यमा योगदान दिने दुई स्रष्टालाई नेपाल मुक्तक प्रतिष्ठानले पुरस्कृत गर्ने निर्णय गरेको छ।

बीस रुपैयाँमा महिनाभरि महाकाली नदी तार्ने भीमबहादुर

वर्षातको उर्लिएको महाकालीमा मान्छे र सामान सार्दा पनि कहिल्यै अप्रिय घटना मेरो किस्तीबाट त्यो बेला घटेन’ उनले भने, ‘त्यो बेलाको विकटता र अभाव सुनाउँदा अहिलेका पुस्तालाई कथा जस्तै लाग्नसक्छ।’

सरितका तीन बालकृति प्रकाशित

साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितका एकैसाथ तीन बालकृति प्रकाशित भएको छ। बालकथासंग्रह ‘बाटुली’ र मेरी छोरी मान्या’ र कवितासंग्रह ‘जूनतारा’ प्रकाशित भएका छन्।

नेपाल स्रष्टा समाजले गर्‍यो दुई सम्मानको घोषणा

नेपाल स्रष्टा समाजले विसं २०७९ का दुई सम्मानको घोषणा गरेको छ। यस वर्षको सुभद्रा विश्वराज स्रष्टा सम्मान वरिष्ठ कवि श्रीहरि फुयाँल र रमेशगंगा स्रष्टा सम्मान वरिष्ठ हास्यव्यंग्यकार नरनाथ लुइँटेललाई प्रदान गरिने भएको छ।

प्राडा अर्जुनदेव भट्टका दुई कृति एकैसाथ लोकार्पण

दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोषको आयोजनामा प्राडा अर्जुनदेव भट्टका दुई कृति ‘डाक्टरको द्विविधा’ र ‘मूत्र र जननेन्द्रिय प्रणाली रोग निदान तथा उपचार’ कृतिको एकैसाथ लोकार्पण भएको छ।

कार्यकर्ताको ताली

आफ्नो अपेक्षा पूरा नहुने कुरा सुन्दा पनि परिस्थिति स्विकार्दै ताली बजाउने उहाँहरू जस्ता महान् मान्छेलाई तिमीले नकारात्मक सोचाइ भएका झुण्ड भन्दिने?

महोत्सवमार्फत संस्कृति र परम्परा संरक्षण गरिंदै

नेवार समुदायको ऐतिहासिक सांस्कृतिक धरोहरको रूपमा चिनिने हनुमान नाच महोत्सवमा देखाउन नेपाल भाषा मंकाखलले नयाँ पुस्तालाई तालिम र प्रशिक्षण दिएको थियो।

नेपाल मुक्तक प्रतिष्ठानको अध्यक्षमा रामकाजी कोने

नेपाल मुक्तक प्रतिष्ठानको भेलाबाट संस्थाको कार्यसमितिको पुनर्गठन भएको छ। भेलाले संस्थाको अध्यक्षमा रामकाजी कोनेलाई चयन गरेको छ।

‘वातावरण शिक्षा’ को अन्तरक्रिया

वन तथा वातावरण साहित्यिक समूहको आयोजना तथा हिमाली संरक्षण समूहको प्राविधिक संयोजनमा ‘वातावरण शिक्षा’ पुस्तकको अन्तरक्रिया भएको छ।

कवि राजेन्द्रप्रसाद अर्यालको ‘आजको मान्छे’मा एक फन्को

डायस्पोरामा मान्छे भाषा बोल्न नपाएर रुन्छ। धर्म तथा संस्कारले दुखाइरहन्छ। चाडपर्व आउँदा मन खिन्न बनाइरहन्छ। आफन्त नहुँदा एक्लो महसुस हुन्छ। समाज छैन, देश छैन अनि अर्काको देशमा प्राविधिक नागरिक भए पनि दुई नम्बरकै नागरिक हुन्छ। यी पीडाबाट अभिषप्त पीडित हुन्छ डायस्पोरामा मान्छे।

साहित्य सम्मेलनबाट नवौं तारेभिर महोत्सवको पूर्वांग

काठमाडौंको उत्तरी भेग तारेभिरमा भव्यताका साथ साहित्य सम्मेलन गरी तारेभिर महोत्सवको पूर्वाङ्ग गरियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्