१५ वैशाख २०८१ शनिबार
image/svg+xml

बजेटमाथिको छलफल आज सकिने

सरकारले ल्याएको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमाथि प्रतिनिधिसभामा भएको छलफल आज (आइतबार) सकिने भएको छ। अर्थमन्त्री युवराज खतिवडाबाट गत जेठ १५ गते बजेट सार्वजनिक भएपछि बिहीबार र शुक्रबार (जेठ १७ र १८ मा) बजेटमाथि छलफल भइसकेको छ।

राष्ट्रियसभामा बजेटमाथि छलफल

आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक बजेटका सम्बन्धमा सत्ता पक्षका सांसदबाट उत्कृष्ट रहेको प्रतिक्रिया आएको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरूले भने कार्यान्वयन मुखी नभएको संज्ञा दिएका छन्।

बजेटमाथि मिश्रित प्रतिक्रिया

सरकारले मंगलबार संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटबारे मिश्रित प्रतिक्रिया आएको छ। सरकारद्वारा प्रस्तुत बजेटको बचाउ गर्दै प्रधानमन्त्री केपी ओलीले अहिलेको बजेट देशको आवश्यकता अनुरूप आएको बताएका छन्। उनले सरकारले प्रस्तुत गरेको बजेटमा देश बनाउने सपना, संकल्प, योजना र कार्यक्रम रहेको दाबी गरे। सुखी नेपाली समृद्ध नेपाल बन्ने योजना कार्यन्वयन हुने गरी बजेट आएको उनको भनाइ छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यान्यन हुन नसक्ने बजेट भनेपछि त्यसको प्रतिक्रियामा उनले ‘हेर्दै जाउँ न के भो र’ भन्ने प्रतिक्रिया व्यक्त गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्