१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

गम्भीर लक्षणपछि मात्रै अस्पताल पुग्दा बढ्यो जोखिम

कोरोनाको जोखिमसँगै आवश्यक जानकारीको अभावमा समयमै स्वास्थ्य संस्थामा नपुग्दा उपचार सम्भव भएका बिरामीले समेत ज्यान गुमाउनु परेको छ। कोरानोको दोस्रो लहरसँगै बेनी अस्पतालमा पुगेका कोरोना संक्रमति र दिर्घरोगीमा श्वासप्रश्वासको समस्या भएकामध्ये अधिकांंश चिन्ताजनक अवस्थामा भर्ना हुन आएको अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले बताए।

ढिलो अस्पताल पुग्दा जान्छ ज्यान

अस्पतालको अक्सिजन क्षमताभन्दा बढी बिरामी भर्ना भएका छन्। अस्पतालको क्षमताभन्दा १० गुणा बढी खपत हुने कारण सबैलाई अक्सिजन पुग्दैन। त्यसको विकल्प सिलिन्डर र अस्थायी लाइन अक्सिजन व्यवस्थापन गरिएको छ। डा.आचार्यका अनुसार कोभिड आकस्मिक कक्षको ढोकामा जबरजस्ती बसेका बिरामी जो तुरुन्तै अक्सिजन चाहिने अवस्थाका हुन्छन् र वृद्ध पनि हुन्छन्, भनेको बेला अक्सिजन नपाउँदा त्यस्ता बिरामीको मृत्यु हुने गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्