५ आश्विन २०८१ शनिबार
image/svg+xml

कोरोनाको उपचारमा खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा

महाकाली अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा दिनरात खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा रहेका छन्। बिरामीको उपचारमा सघाउ पुर्‍याउने कामसँगै नास्ता, खानाको व्यवस्थामा समेत महिला स्वास्थ्यकर्मीले सहयोग गरेका छन्। महिला स्वास्थ्यकर्मीले पिपिइ सेट लगाई १२/१२ घण्टा बिरामीको सेवामा खटिनुपरेको छ।

सबै जिल्ला अस्पतालमा उपचारको व्यवस्था गर्न निर्देशन

प्रदेश १ का सबै जिल्ला अस्पतालमा कोरोनाको उपचार सुरु गर्न प्रदेश सभाको सामाजिक विकास समितिले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ। बुधबार बसेको समितिको बैठकले प्रदेश १ का सबै जिल्ला अस्पतालमा कोरोनाको उपचार सुरु गर्न निर्देशन दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्