९ मंसिर २०८१ आइतबार
image/svg+xml

वनमा लागेको आगो गाउँ पस्दा दुई वटा घर जलेर नष्ट

बैतडीमा दुई घरमा आगलागी भएको छ। बिहीबार साँझ वनमा लागेको आगो घरमा सल्किदाँ पञ्चेश्वर गाउँपालिका–४ भनकुडाका जयबहादुर चन्दको ४ कोठे र ७ कोठे गरी २ वटा घरमा आगलागी भएको हो।

घर आगलागी हुँदा सुत्केरीसहित परिवार बिचल्लीमा

दिप्रुङ चुइचुम्मा गाउँपालिका ७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बढीको क्षति भएको छ।

चालु आवमा ताप्लेजुङमा नौ घरमा आगलागी

आगलागीको उच्च जोखिम मौसम सुरु नहुँदै ताप्लेजुङमा भएको आगलागीका घटनाबाट चालु आर्थिक वर्षमा मात्र नौ घर जलेर नष्ट भएका छन् भने आधा करोडभन्दा माथिको धनमाल क्षति भएको छ।

घरमा आगलागी हुँदा दुई जनाको मृत्यु

आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गएराति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए।

घरमा आगलागी हुँदा १३ लाखभन्दा बढीको क्षति

टिनको छानो र टाटीको बेरा भएको चार कोठे घर जलेर ध्वस्त हुनुका साथै गाईगोठ, फर्निचरका सामान, अन्नपात, लत्ताकपडा, सुनचाँदीलगायतका सामाग्री जल्दा १३ लाख ६४ हजार रुपैयाँ बराबरको क्षति भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्