१९ वैशाख २०८१ बुधबार
image/svg+xml

उपत्यकाभित्र २५ जनाभन्दा बढी भेला हुन रोक

आउँदो माघ ७ गतेदेखि कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवार्ईयात्रा र पार्कलगायत सार्वजनिक स्थानमा प्रवेश गर्दा कोभिड–१९ विरुद्ध खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) राख्ने र सबै निकायले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था गरिएको छ।

२५ जनाभन्दा बढी भेला हुन रोक

सरकारले मेला, महोत्सव, जात्रा, व्रतबन्ध, मलामीलगायत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप गर्दा २५ जनाभन्दा बढी भेला हुन नहुने र पार्टी प्यालेसमा विवाहलगायत कार्य गर्नुपर्ने भए सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर २५ जनाभन्दा बढी उपस्थित नहुने गरी गर्न सकिने आदेश जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्