९ आश्विन २०८१ बुधबार
image/svg+xml

राष्ट्रपतिद्वारा शीतलहरबाट उत्पन्न परिस्थितिको समाधानका लागि आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले तराई क्षेत्रको शीतलहर र प्रकोपबाट उत्पन्न परिस्थितिको उचित र व्यवस्थित समाधानका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्। तराई क्षेत्रलगायत देशभर बढेको चिसोले जनताको दैनिक जीवनयापनमा परेको कठिनाइप्रति ध्यानाकर्षण भएको जनाउँदै राष्ट्रपति भण्डारीले विगत वर्षमा पनि यस किसिमका प्राकृतिक घटनाक्रम हुने गरेकाले अब उचित र दिगो व्यवस्थापनका लागि पूर्वतयारी अपनाउन सरकारलाई आग्रह गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

चर्च आक्रमणको अमेरिकी राष्ट्रपतिद्वारा निन्दा

इजिप्टको राजधानी कायरोको बाहिरी इलाकामा अवस्थिात एक चर्चमा भएको भीषण आक्रमणको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार निन्दा गरेका छन्।

राष्ट्रपतिद्वारा राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी  छन् । राजनीतिक दलबीचमा विवाद देखिएका कारण लामो समयदेखि राष्ट्रपति कार्यालयमा अड्किएको उक्त अध्यादेश आज शुक्रवार राष्ट्रपतिबाट प्रमाणीकरण भएको उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

राष्ट्रपतिद्वारा राखेप च्याम्पियनसिप उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिषद्मा राखेप च्याम्पियनसिपको उदघाटन गरेकी छिन् ।

राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय अपाङ्ग दिवस र उधौलीको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले २६औँ अन्तर्राष्ट्रिय अपांग दिवस एवं उधौलीका अवसरमा आज बेग्लाबेग्लै शुभकामना सन्देश जारी गरी सबैमा हार्दिक शुभकामना व्यक्त गरेकी छिन्।

राष्ट्रपतिद्वारा अस्ताउँदो सूर्यलाई अघ्र्य

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिइएको छ। यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीमा स्थापित छठी माताको मन्दिरमा पूजा गरी वाग्मती नदीमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्। उनले कमलपोखरीमा पनि स्थापित छठी मातालाई पूजा गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिएकी थिइन्।

उपराष्ट्रपतिद्वारा एक महिनाको तलब बाढीपीडितलाई

उपराष्ट्रपति नन्दबहादुर पुनले हालैको प्राकृतिक प्रकोपबाट प्रभावित तथा बाढीपीडित व्यक्तिको सहयोगार्थ यही भदौ महिनाको सम्पूर्ण तलब प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरेका छन्।

बाढी पहिरोका घटनाप्रति उपराष्ट्रपतिद्वारा दु:ख व्यक्त

उपराष्ट्रपति नन्दबहादुर पुनले केहीं दिनदेखि परिरहेको भिषण वर्षाका कारण तराई–मधेसलगायत देशका विभिन्न भागमा बाढी, डुबान, पहिरोबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

बालविवाहविरुद्धको राष्ट्रिय अभियान राष्ट्रपतिद्वारा शुभारम्भ

बालविवाह अन्त्यका लागि ‘नेपाली जुटौं, बाल विवाह रोकौं’ राष्ट्रिय अभियान शुरु भएको छ। राजधानीमा आज आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले दीप प्रज्वलन गरेर अभियानको शुरुवात गरिन्।

राष्ट्रपतिद्वारा दुःख व्यक्त, क्षतिप्रति चिन्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङको ढोरपाटन नगर र निसीखोला गाउँपालिकामा पहिरोमा पुरिएर शुक्रबार एकै घरका चार जनासहित छ जनाको तथा डोटीमा जिप दुर्घटनामा परी नौ जनाले जीवन गुमाएकामा गहिरो दुःख व्यक्त गरेकी छन्।

राष्ट्रपतिद्वारा राष्ट्रिय सहमतिको सरकार गठनबारे दलसँग परामर्श

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा जानकारी लिई र दलहरुसँग परामर्श गरेकिछन्।

राष्ट्रपतिद्वारा दशौँ गणतन्त्र दिवसका अवसरमा चियापान

राष्ट्रपति विद्यादेवी भण्डारीले दशौं गणतन्त्र दिवसका अवसरमा चियापान समारोहको आयोजना गरेकिछन्।

राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सरकारी कर्मचारीलाई संक्रमणकालीन व्यवस्थाअनुसार स्थानीय तहमा परिचालन गर्ने उल्लेख गरिन्।

राष्ट्रपतिद्वारा सेना परिचालनको स्वीकृति

स्थानीय तह निर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छिन्। मन्त्रिपरिषदको चैत २९ को निर्णयअनुसार प्रधानमन्त्रीको सिफारिशमा बिहीबार राष्ट्रपतिबाट सेना परिचालनको स्वीकृति भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्