१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै: सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिट्टै पारित गरिने बताएकी छन्।

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण सञ्चारकर्मीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कार पासवानलाई

यस वर्षको गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कार पर्साका पत्रकार वृजलाल पासवानलाई प्रदान गरिएको छ।

आर्थिक समृद्धिको ढोका खोल्न प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक समृद्धिको नयाँ सम्भावनाको ढोका खोल्न गण्डकी प्रदेश सरकार प्रयासरत रहेको बताएका छन्।नेपाल पत्रकार महासङ्घ गोरखा शाखाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले प्रदेश सरकार सकारात्मक सोचका साथ इमान्दारितापूर्वक विकास र समृद्धिको दिशामा अघि बढिरहेको बताए।

प्रदेश आमसञ्चार विधेयकको तयारी भएको छ :मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले प्रदेश आमसञ्चार विधेयक ल्याउने तयारी गरिरहेको बताएका छन।

श्रमजीवी पत्रकारका पक्षमा पत्रकार महासङ्घले आन्दोन गर्ने

नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकारका पक्षमा आन्दोन गर्ने भएको छ।

पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिकाको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध भएको छ।आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट एघारजना घाइते भएपछि राजमार्ग अवरुद्ध भएको हो।

प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य अझै पनि अनुदार छ– अध्यक्ष पोखरेल

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य र राजनीतिक शक्ति अझै पनि अनुदार रहेको बताएका छन्।

पत्रकार र पत्रकारका परिवारलाई उपचारमा १५ प्रतिशत छुट

अस्पतालले नेपाल पत्रकार महासङ्घमा आबद्ध देशभरका पत्रकार, आश्रित परिवारलाई औषधि र उपचारमा १५ प्रतिशत छुट दिने भएको छ। हाल महासङ्घमा देशभरका १३ हजार पत्रकार आबद्ध रहेको ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले जनाएका छन्।

हवाईजहाजको ककपिटमा प्रवेश गरेको घटनाप्रति महासङ्घको ध्यानाकर्षण

हालै प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किने क्रममा प्राइम टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्ने सन्दर्भमा पत्रकार ऋषि धमला हवाईजहाजको ककपिटमा जबरजस्ती प्रवेश गरेको घटनाप्रति नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको छ।

५ सय ५० पत्रकारलाई काेराेना सङ्क्रमणः सातको निधन

कोभिड-१९ को सङ्क्रमण ५५० पत्रकारलाई देखिएको छ। नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले आज विज्ञप्ति निकाल्दै सङ्क्रमणको दोस्रो लहरसंँगै सङ्क्रमितमध्ये सात पत्रकारको निधन भएको जानकारी दिए।

मुलुकभर आज पत्रकार महासङ्घको निर्वाचन हुँदै

नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ हुँदैछ। पत्रकार महासङ्घ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्