८ वैशाख २०८१ शनिबार

सुरक्षित आमा : सुरक्षित भविष्य डा. निराको साथमा (पार्ट २)

नेपाल रिपब्लिक मिडियाकी सिइओ सम्वृद्धि ज्ञवालीले 'मम्मा नेपाल' कार्यक्रममार्फत् ल्याप्रोस्कोपिक सर्जन डा. निरा सिंह श्रेष्ठसँग गरिएको छलफलमा श्रेष्ठ भन्छिन्, ‘चिकित्सकले कहिले पनि अपरेसनबाट प्रसूति हुन सुझाउँदैनन्। महिलाको स्वास्थ्य अवस्था हेरेर नै नर्मल वा अपरेसन प्रसूतिबारे निर्णय गरिन्छ। तर कहिलेकाहीं गर्भवती आफैंले सिजेरियन डेलिभरीका लागि अनुरोध गर्छन्।'

सुरक्षित आमा : सुरक्षित भविष्य, डा. निराको साथमा

वास्तवमा के गर्भावस्थामा हुने समस्या महिलाका कारणले मात्र हुन्छ त ? भन्ने प्रश्नमा डा. श्रेष्ठ भन्छिन्, ‘हाम्रो हजुरआमा र आमाले धेरै खानेकुराहरुमा बन्देज लगाउँनुहुन्छ, जुन स्वभाविक पनि हो उहाँको बुझाइ अनुसार, तर आफ्नो डाक्टरको सल्लाह अनुसार नै खानपान छनोट गर्नु पर्दछ।‘

महिला पुरुषको पूर्वनिर्धारित भूमिका के आजको दिनमा पनि उपयुक्त छ त?

लैंगिकताका विगत तथा वर्तमान अवस्था र भोगाइको उजागरका लागि नेपाल रिपब्लिक मिडियाकी सिइओ सम्वृद्धि ज्ञवालीले ‘मम्मा नेपाल’ कार्यक्रममार्फत् प्रोफेसर डा. संगिता रायमाझी, अधिवक्ता उषा मल्ल र मनोविज्ञ करुणा कुंवरसँग कुराकानी गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्