१० मंसिर २०८१ सोमबार
image/svg+xml

समूह ‘डी’ को उपविजेता बन्दै अर्जेन्टिना विश्वकप फुटबलको अन्तिम १६ मा

अर्जेन्टिना रूसमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। सेन्ट पिटर्सबर्ग रंगशालामा मंगलबार राती सम्पन्न समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नाइजेरियालाई २–१ ले पराजित गर्दै अर्जेन्टिना समूह ‘डी’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको हो।

डेनमार्कलाई बराबरीमा रोक्दै फ्रान्स समूह ‘सी’ को विजेता

डेनमार्कलाई गोलरहित बराबरीमा रोक्दै फ्रान्स रूसमा जारी विश्वकप फुटबलको समूह ‘सी’ को विजेता बन्न सफल भएको छ।

फ्रान्सको समूहविजेता बन्ने लक्ष्य

सुरुआती दुई खेलमा जित हात पार्दै अन्तिम १६ मा प्रवेश गरिसकेको फ्रान्स मंगलबार समूहको अन्तिम खेलमा डेनमार्कको सामना गर्दै जितको लयलाई निरन्तरता दिएर समूह ‘सी’ को विजेता बन्ने लक्ष्यमा हुनेछ।

पोर्चुगल समूह ‘बी’ उपविजेताको रुपमा विश्वकपको अन्तिम १६ मा प्रवेश

पोर्चुगल समूह ‘बी’ को उपविजेताको रुपमा रसिया विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। मोर्डोभिया एरिना रंगशालामा सोमबार सम्पन्न खेलमा इरानसँग १–१ को बराबरीमा रोकिएसँगै पोर्चुगल उपविजेता भएको हो।

रूसलाई पराजित गर्दै उरुग्वे समूह ‘ए’ को विजेता बन्न सफल

आयोजक राष्ट्र रूसलाई ३–० ले पराजित गर्दै उरुग्वे विश्वकप फुटबलको समूह ‘ए’ को विजेता बन्न सफल भएको छ। समारा एरिना रंगशालामा सोमबार सम्पन्न समूह चरणको तेस्रो तथा अन्तिम खेलमा उरुग्वे विजयी भएको हो।

समूह विजेता बन्ने लक्ष्यमा इङ्ल्यान्ड

कप्तान ह्यारी केनको प्रभावशाली प्रदर्शनप्रेरित इङ्ल्यान्डले गत साता ट्युनिसियालई पराजित गर्दै १२ वर्षपछि प्रमुख प्रतियोगिताको पहिलो खेल जित्ने खडेरी तोडेको थियो।

विश्व विजेता जर्मनी अाफ्नाे पहिलाे खेलमै पराजित (फाेटाे फिचर)

साविक विजेता जर्मनी रसिया विश्वकपको पहिलो खेलमै हार व्यहोर्न बाध्य भएको छ।

विश्वकप फुटबल : साविक विजेता जर्मनी पहिलो खेलमै स्तब्ध

साविक विजेता जर्मनी रसिया विश्वकपको पहिलो खेलमै हार व्यहोर्न बाध्य भएको छ। मस्कोको लुज्निकी रंगशालामा आइतबार सम्पन्न दोस्रो खेलमा जर्मनीलाई मेक्सिकोले १–० ले पराजित गरेको हो।

तालमेल अभाव पुर्दै साविक विजेता जर्मनी

युवा स्ट्राइकर लोरे सानेलाई विश्वकप टोलीमा समावेश नगरे पनि साबिक विजेता जर्मनी प्रतियोगिताकै उत्कृष्ट खेलाडीले भरिएको टोली हो भन्नेमा कुनै दुबिधा छैन।

पराजित भए पनि एपिएफ समूहविजेता

विभागीय टोली एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै शिवम् न्यु डायमन्ड एकेडेमी राजधानीमा जारी आरबिबी चौथो क्लब लिग राष्ट्रिय महिला भलिबलमा उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ।

लालबन्दी गोल्डकपको तयारी अन्तिम चरणमा, विजेताले ७ लाख प्राप्त गर्ने

२ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशिको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता आगामी जेठ २४ देखि असार २ गतेसम्म संचालन हुने छ।

ओपोका विजेतालाई उपहार

मोबाइल ब्रान्ड ओपोले एआर–सेल्फी कन्टेस्टका विजेतालाई उपहार वितरण गरेको छ । कमलपोखरी स्थित ओपोको ग्राहक सेवा केन्द्रमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले उपहार हस्तान्तरण गरेका थिए । कम्पनीद्वारा मासिक रुपमा आयोजना गरिने सामाजिक सञ्जाल क्याम्पेनको सिरिज अन्तर्गत यो कन्टेस्ट मे २१ देखि २८ सम्म आयोजना गरिएको थियो ।

विजेतालाई सिजीको एलइडी टिभी

सिजीले आफ्नो अफिसियल फेसबुक पेजबाट सञ्चालन गरेको रोचक क्याम्पियनको विजेता घोषणा गरेको छ । एक सय ३५ जनाले सहभागीता जनाएको यस क्याम्पियनमा धरानकी सृजना शाक्यले टिभी जितेकी छिन्।

एकै स्टेजमा तीन विजेता

एउटै स्टेजमा एकसाथ तीन विजेता छानिने भएका छन्। ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले आगामी असार १ गते राजधानीमा आयोजना गर्न लागेको ‘मिस एसईई युनिभर्सल २०१८’ र ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’नाम दुई सौन्दर्य प्रतियोगीतामा फरक–फरक तीन बिजेता छानिने भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्