५ आश्विन २०८१ शनिबार
image/svg+xml

सांसद्काे प्रश्नः कुटपिट गरेर मरनासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने यो कहाँको न्याय हो ?

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

कालापानी लगायतका नेपाली भूमि फिर्ता लिनेबारे भारतसँग उपयुक्त तरिकाले छलफल हुन्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणका बेला लिपुलेक, कालापानी लगायतका नेपाली भूमि फिर्ता लिनेबारे उपयुक्त तरिकाले छलफल गर्ने बताएका छन।

कांग्रेस महाधिवेशन: मनोनयनपत्र फिर्ता लिने समय थप

पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज बिहान ११ बजेसम्म निर्धारण गरिएकामा डेढ घण्टा थप गरेर १२ः३० बजेसम्म कायम गरिएको छ।

कांग्रेस महाधिवेशन: उम्मेदवारको नामावली प्रकाशन, मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु

पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज मङ्सिर २६ गते बिहान ११ बजेसम्म निर्धारण गरिएको छ।

संसद्मा पारितका क्रममा रहेको विधेयक फिर्ता

समितिमा बहुमत सदस्यबाट पारित भएको यो विधेयकमा कांग्रेसका केही सांसदको असन्तुष्टि थियो। कांग्रेस सांसदले विधेयक प्रतिवेदनमा फरक मत नै राखेका थिए। तत्कालिन प्रमुख प्रतिपक्षी कांग्रेसले समायोजनमा गएका कर्मचारीलाई संघमा फर्किने कुनै न कुनै बाटो खोल्नुपर्ने, आन्तरिक प्रतिस्पर्धाबाट बढुवा हुने व्यवस्थालाई कायम राख्नुपर्ने, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको व्यवस्था प्रस्तावित विधेयक अनुसार नै हुनुपर्ने माग गरेको थियो ।

समर्थन फिर्ता लिने अधिकार दाहाललाई

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकको निर्णयबारे जानकारी दिँदै नेता नारायणकाजी श्रेष्ठले भने,‘केपी शर्मा ओली नेतृत्वको सरकारलाई पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्ड (पुष्पकमल दाहाल) लाई दिइएको छ।’

मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने तयारी

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव नेकपा एमालेको माधव नेपाल समूहले फिर्ता लिने भएको छ। अविश्वासको प्रस्तावका समर्थक लक्षुमण तिवारीले अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरेको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्