७ वैशाख २०८१ शुक्रबार

तनहुँको भिमाद नगरपालिकाले विद्यालय बन्द नगर्ने

गण्डकी प्रदेशको तनहुँको भिमाद नगरपालिकाले भने शैक्षिक संस्थाहरु बन्द नगर्ने निर्णय गरेको छ। मन्त्रालयद्वारा विद्यालय बन्द गर्न सूचना जारी गरेपनि आफ्नो क्षेत्रभित्र हालसम्म वातावरणीय असहज अवस्था नआएको भन्दै विद्यालय बन्द नगर्ने निर्णय गरेको हो। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आज एक सूचना जारी गर्दै विद्यालयमा नियमित रुपमा पठनपाठन हुने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्