५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

आज तराई-मधेसमा होली, उत्सवमय मिथिला

श्रेष्ठजनसँग अदवसाथ झुक्दै अबिर अर्पण गरेर आशीर्वाद लिनुपर्ने परम्परा रहेको पाका मैथिल बताउँछन्। मैथिल संस्कृतिमा होली पर्वका दिन भाङ खाएर लठ्ठिनुले सामाजिक स्वीकृति नै पाएको छ। भाङको नशामा लठ्ठिएर होली गीत गाउँदै आ–आफ्ना वयमा रङ, अबिर खेल्दै छिल्लिएर हिँडेका युवायुवतीको छुट्टाछुट्टै समूहलाई देख्दा जोसुकै रोमाञ्चित हुने गर्छन्। ‘बुरा नमानो होली है’ पर्वमा सुनिने साझा स्वर हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्