नवलपरासी बाैलाहा खोलाको पुल भाच्चियो: राजमार्गमा यातायात ठप्प
ट्रकको ठक्करले पूर्व पश्चिम महेन्द्र राजमार्गमा रहेको पुल भाच्चिएपछि नवलपरासीको दलदलेमा यातायात आवागमन आज आइतबार बिहानदेखि ठप्प भएको छ। नारायणगढबाट बुटबल जाँदै गरेको ना ६ ख ३०१७ नम्बरको ट्रक पुलमा ठोक्किएर पल्टिएको थियो। ट्रक हटाएपनि पुलमा क्षति भएका कारण गाडी चल्न नसकेको इलाका प्रहरी कार्यालय नवलपुर कावासोतीले जनाएको छ।