२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

लोप हुँदै चैतलो

बैतडीसहित सुदूरपश्चिमका धेरै ठाउँमा चैतको महिना गाईने चैतलो पछिल्लो समयमा लोप हुन थालेको छ । हुड्को बजाएर गाइने चैतलो पछिल्लो समयमा लोप हुन थालेको हो । चैतको महिना प्रत्येक गाउँमा घरघरमा गएर हुड्को बाजासँगै गाइने एक प्रकारको ऐतिहासिक गाथा बोकेको गीत नै चैतलो हो । जसको घरमा चैतलो गाइयो उसले उपहार स्वरुप अन्न, रुपैया र अन्य वस्तुहरु दिने चलन रही आएको छ । खास गरेर दलित समुदायका दमाइहरुले गाउने भएकाले यसलाई जातीय रुपमा हेरिएकाले लोप हुन थालेको महाकाली साहित्य संगम बैतडीका अध्यक्ष चन्द्रमोहन तिवारीले बताए । उनले भने ‘हामीले चैतलोको सांस्कृतिक र ऐतिहासिक पक्षको बारेमा महत्व नै दिन सकेका छैनौं । फलस्वरुप चैतलो लोप हुने अवस्थामा पुगेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्