पहुँचवालाका गोठले पाउने, हाम्ले किन नपाउने?
दोलखा सदरमुकाम चरिकोटबाट करिब ३० किलोमिटर टाढाको फस्कु गाविसमा केही व्यक्ति धमाधम नयाँ घर निर्माणमा जुटिरहेका थिए। इन्जिनियर तथा प्राविधिक सहयोगमा केही घरधनी जग निर्माणमा त केही गाह्रो लगाउने काममा व्यस्त देखिन्थे।