६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

करेन्ट लागेर एक जनाकाे मृत्यु

झापामा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका–२ सेल्फी डाँडाका १९ वर्षीय सोम किस्कु रहेको प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए।

दक्षिणी चीनको पहिरो, कम्तीमा ३६ को मृत्यु

दक्षिणी चीनको पहिरो, कम्ती दक्षिणी चीनमा गत मंगलबार गएको एक पहिरोमा कम्तिमा ३६ जनाको मृत्यु भएको छ। सरकारी स्थानीय सञ्चारमाध्यमका अनुसार गुइझाउ प्रान्तमा २० भन्दा बढी घरहरु पुरिदाँ १५ जना अझै बेपत्ता छन्। चिनियाँ अधिकारीहरूले सिन्ह्वा समाचार संस्थालाई बताएअनुसार सो पहिरोबाट ४० जनालाई उद्धार गरिएको छ। यो घटना चीनका केही क्षेत्रमा अविरल वर्षा भइरहँदा भएको बताइएको छ।

सवारी एकआपसमा ठोक्किंदा तीनको मृत्यु

धनुषामा दुई सवारी एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ। जनकपुर–ढलकेवर सडकखण्डमा विपरीत दिशामा गईरहेको दुई सवारी एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

करेन्ट लागेर मजदुरको मृत्यु

लालबन्दी नगरपालिका–१, नवलपुरस्थित लखन्देही नदी किनार नजिक निर्माणाधीन विद्युत् प्राधिकरणको सबस्टेशनमा काम गरिरहेको अवस्थामा स्थानीय २४ वर्षीय मेघबहादुर बम्जनको मृत्यु भएको हो।

अष्ट्रेलियामा दुई नेपालीको कार दुर्घटनामा मृत्यु

अष्ट्रेलियाको कुमामा आइतबार भएको कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन्। उनिहरुको अझै पहिचान हुन सकेको छैन।

राजपाले दियो प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने चेतावनी

राष्ट्रिय जनता पार्टी नेपाल संयोजक राजकिशोर यादवले सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुईवटा घटनाको तत्काल छानबिनका लागि संसदीय समिति बनाउन सरकारलाई दबाब दिएका छन्।

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

भक्तपुरको सूर्यविनायकमा शनिबार भएको सवारी दुर्घटनामा परी एकजना बालकको मृत्यु भएको छ। काठमाडौंबाट भक्तपुरतर्फ आउँंदै गरेको एउटा मोटरसाइकलले पैदल यात्री ९ वर्षका दिप श्रेष्ठलाई ठक्कर दिंदा बालकको मृत्य भएको प्रहरीले जनाएको छ।

एक वर्षमा सवारी दुर्घटनामा ७४ जनाको मृत्यु

आर्थिक वर्ष २०७५/०७६ मा जिल्लाभित्र भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ७४ जना सर्वसाधारणको मृत्यु भएको छ। वर्ष भरीमा भएका १२३ वटा सवारी दुर्घटना परेर ७४ जनाको मृत्यु भएको हो।

बाढीले बगाउँदा एक जनाको मृत्यु

वर्षाले गर्दा खोलामा आएको बाढीले बगाउँदा शुक्रबार दिउँसो सुनसरीमा एक जनाको मृत्यु भएको छ। सुनसरी खोलामा आएको बाढीले बगाउँदा भोक्राहा–नरसिंह वडा नं. ८ का ३० वर्षीय राजकुमार मेहताको मृत्यु भएको हो।

सेल्फीले लियो युवतीको ज्यान

मन्थली नगरपालिका वडा नं २ स्थित कठजोर खोला नजिकैबाट तामाकोशी नदी किनारमा सेल्फी खिच्ने क्रममा भक्तपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं ६ घर भएकी १९ बर्षिया शर्मिला कर्मचार्य तामाकोशी नदीमा खसेर ज्यान गएको हो।

पैदलयात्रीलाई ठक्कर दिएर भाग्ने चालक पक्राउ

बिहीबार बिहान तनहुुँको आँबुखैरेनी गाउँपालिका–२ बगुवामा पैदलयात्रीलाई ठक्कर दिएर भाग्ने जीप र चालकलाई सिसि टिभी क्यामेराको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ। जीपको ठक्करबाट स्थानिय ७९ वर्षीय खड्कबहादुर दर्लामीको मृत्यु भएको थियो।

मनसुनपछिको विपदबाट एक सय ११ जनाको मृत्यु, ४० बेपत्ता

मनसुनपछिको विपद्का कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन्। गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपदमा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन्। मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन्। यस्तै बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए। उनका अनुसार अहिलेसम्म सबैभन्दा बढी बाढीबाट ५८ जनाले ज्यान गुमाएका छन्। पहिरोबाट ४५ र भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएका हुन्। अहिलेसम्म बाढीबाट १२८ घटना भयो भने पहिरोका २०८ घटना भएको केन्द्रले जनाएको छ।

समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु

त्रिशूली जिल्ला अस्पतालमा सुत्केरी भएकी एक महिलाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको छ। बुधबार अस्पताल भर्ना हुनुभएकी नुवाकोटको तारकेश्वर गाउँपालिका–५ की ३५ वर्षीया गोमा वस्तीले बिहीबार बिहान सामान्य अवस्थामा छोरा जन्माउनुभएको र सुत्केरीपश्चात अत्यधिक रक्तश्रावको कारण बिहीबार मृत्यु भएको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रेमकुमार राईले जानकारी दिए।

काबुलमा आत्मघाती विस्फो, ५ को मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ। काबुलमा अन्य दुई बम विस्फोट पनि भएको जनाइएको छ।

स्कुलबाट फर्कदै गरेका बालक डुबेर मृत्यु

स्कुलबाट फर्कंदै गर्दा पानी जमेको गहिरो खेतमा डुब्दा सुनसरी देवानगञ्जका एक बालकको बिहीबार दिउँसो मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्