२६ वैशाख २०८१ बुधबार
image/svg+xml

क्याम्पसको जग्गा कसैलाई दिन नहुने सरोकारवालाको धारणा (अपडेट)

टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा भूमिहिन सुकुम्बासीलाई दिन नहुने सरोकारवालाले बताएका छन । क्याम्पसले भूमि सम्बन्धी समस्या समाधान आयोग, स्थानीय सरकार र सरोकारवालाहरुबीच आज आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा सहभागीले यस्तो धारणा राखेका छन । आयोगका सुदूरपश्चिम अध्यक्ष अगस्त अधिकारी र टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले अन्र्तक्रिया कार्यक्रममा बोल्दै भूमिहिन सुकुम्बासीलाई जग्गा अपुग हुने देखिएकोले क्याम्पसले केही भूभाग छोड्नुपर्ने बताएपछि सरोकारवालाले आपत्ति जनाएका थिए । पूर्वसाँसद गंगाबहादुर कुँवरले पवित्र उद्देश्यले स्थानीयस्तरबाट स्थापना भएको शैक्षिक संस्थाको सम्पत्ति मास्ने काम सह्य नहुने बताए । उनले क्याम्पसको जग्गा भूमिहिन सुकुम्बासीका नाममा वितरण गरे द्वन्द्व सिर्जना हुने चेतावनी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्