१० मंसिर २०८१ सोमबार
image/svg+xml

पाल्पाको रानीमहल नजिकै जीप दुर्घटना, ६ जनाको घटनास्थलमै ज्यान गयो

पाल्पाको तानसेन नगरपालिका १३ रानी महल नजिकै आज दिउँसो जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

कालिगण्डकीमा र्‍याफ्टिङ सुरु भएसँगै बढे आन्तरिक पर्यटक

कोभिड १९ का कारण करिब दुई वर्ष थलिएको पर्यटनलाई तङ्ग्राउन र्‍याफ्टिङले आकर्षित गरेको रानीमहल घुम्न पुगेका पर्यटक सरस्वती शर्मा र विष्णु पौडेल बताउँछन्। उनीहरुले पछिल्लो समय कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय विस्तारै उठ्न थालेको र आम नागरिकहरु पनि यस्ता रोचक स्थानको भ्रमण गर्न मन पराउने गरेको बताए।

रानीमहल सङ्ग्रहालयमा परिणत

नेपालकै ताजमहलका रूपमा चिनिएको पाल्पाको रानीमहल दरबार सङ्ग्रहालयका रूपमा विकसित गरिएको छ। खड्ग शम्शेरले निर्माण गरेका सो दरबारमा उनले प्रयोग गरेका भाडा, मूर्ति, शङ्ख, शालिग्रामजस्ता सामग्री राखिएको छ।

‘रानीमहललाई हेरिटेज होटल बनाउनु हुँदैन’

तानसेन नगरपालिका–१३ स्थित ऐतिहासिक दरबार रानीमहललाई ‘हेरिटेज’ होटल बनाउन नहुने स्थानीयले बताएका छन् । नेपाल पर्यटन बोर्डले रानीमहललाई हेरिटेज होटल बनाउने प्रस्ताव सरकारलार्ई गरेको थियो । ऐतिहासिक दरबारलाई अहिलेको अवस्थामा राख्न नहुने तर होटल पनि बनाउने नहुने भन्दै यहाँ भित्रिने पर्यटक तथा स्थानीय बताउँदै आएका छन् ।

रानीमहलः नेपालको 'ताजमहल' (फोटोफिचर)

१९५० सालमा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमसेरले आफ्नी दिवंगत रानि तेजकुमारीको सम्झनामा रानिमहल निर्माण गरेका थिए। रानीमहल १९५० सालमा शिलान्यास गरि १९५४ सालमा कालिनदिको चट्टान माथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिंगारेर बनाईएको थियो।

'रानीमहललाई ‘हेरिटेज होटल’ बनाइनु हुँदैन'

तानसेन नगरपालिका–१३, मा रहेको ऐतिहासिक दरबार रानीमहललाई ‘हेरिटेज’ होटल बनाउन नहुने स्थानीयले बताएका छन्। नेपाल पर्यटन बोर्डले रानीमहललाई हेरिटेज होटल बनाउने प्रस्ताव सरकारलार्ई गरेको थियो। ऐतिहासिक दरबारलाई अहिलेको अवस्थामा राख्न नहुने तर होटल पनि बनाउने नहुने यहाँ भित्रने पर्यटक तथा स्थानीय बताउँदै आएका छन्।

प्रेमको प्रतीक रानीमहल !

पाल्पा र स्याङ्जाको सिमानामा पर्ने रानीमहल दरबारमा पछिल्ले समय निक्कै चहलपहल बढेको छ। खड्ग शमशेरले युयानी शैलीमा बनाएको दरबारमा प्रेम साटासाट गर्ने युगल जोडीहरुको भीड थपिँदो छ।

रानीमहल क्षेत्रमा पहिरो खस्दा यात्रु मर्कामा

ऐतिहासिक क्षेत्र रानीमहल जाने सडकमा पहिरो खस्दा यातायातका साधन सञ्चालन हुन सकेको छैन। सडकमा पहिरो खसेर अवरुद्ध सडकमा पर्यटक पैदल हिँड्न बाध्य  छन्।

प्रेमको प्रतिक रानीमहल संरक्षणमा सरकार लाग्छ : मन्त्री ज्ञवाली

दुई मन्त्री शनिबार सुटुक्क रानीमहल पुगे। कालीगण्डकी किनारामा अवस्थित करिडोरको अवस्था बुझ्नेक्रममा दुई मन्त्रीले रानीमहलको निरीक्षण समेत गरेका छन्।

रानीमहल पुगे प्रधान सेनापति (भिडियो)

प्रधान सेनापति राजेन्द्र क्षेत्रीले पश्चिम जनरल कमाण्डर खड्ग शमसेरले बनाएको रानीमहल अवलोकन गरेका छन्। मंगलबार दिउँसो हेलिकप्टरबाट आएका सेनापती क्षेत्रीले रानीमहल संरक्षण गर्दै आएका स्थानीयहरुसँग अन्तरक्रिया समेत गरे।

‘रानीमहल’ सुटिङ रानीमहलमै

पाल्पाको रानीमहलमा पूर्व मिस नेपाल निकिता चन्दक अभिनित चलचित्र ‘रानीमहल’को सुटिङ भएको छ। हिमाल न्यौपानेको निर्देशनमा छायाङ्कन हुँदै गरेको यस चलचित्रमा नायकका रुपमा प्रितम राज रहेका छन्।

त्रिकोणात्मक प्रेमकथामा ‘रानीमहल’

प्रेमकथाका फिल्म बन्ने क्रम चलिरहँदा यो सूचीमा बिहीबारबाट नयाँ फिल्म ‘रानीमहल’ पनि थपिएको छ । त्रिकोणात्मक प्रेमकथाको सेरोफेरोमा बुनिएको फिल्मले बिहीबार होटल अन्नपूर्णमा औपचारिक कार्यक्रम गर्दै फिल्मको नामसँगै कलाकार तथा प्राविधिक सार्वजनिक गरेको थियोे ।

प्रेमको प्रतीक 'रानीमहल' र प्रणय दिवस

प्रेम दिवस विश्वभर मनाइने दिवस हो। विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइँदैछ। रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले सैन्य शासकको निर्देशन अवज्ञा गरे। युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गरेको र सामूहिक विवाहसमेत गराएको अभियोगमा शासकहरुले पादरीलाई मृत्युदण्ड दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्