स्टार बन्ने दौडमा अभिनेत्रीहरू
मंगलबार सार्वजनिक कामना फिल्म अवार्डको मनोनयनमा ५ अभिनेत्रीबीच ब्युटी स्टार अवार्डका लागि प्रतिस्पर्धा हुने भएको छ । जारी मनोनयन अनुसार ‘लक्स व्युटी स्टार’का लागि वर्षा राउत, केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा र सृष्टी श्रेष्ठ प्रतिष्पर्धी छन् । ‘ब्युटी स्टार’मा प्रतिस्पर्धा गरिरहेका तीन अभिनेत्री मुख्य विधाको प्रतिस्पर्धामा पनि अटाएका छन् । ‘उत्कृट अभिनेत्री’ विधामा फिल्म ‘छक्का पञ्जा’बाट प्रियंका कार्की, ‘डाइङ क्यान्डल’बाट सिर्जना सुब्बा, ‘जात्रा’बाट वर्षा राउत, ‘लभ सासा’बाट केकी अधिकारी र ‘निर्भय’बाट नीता ढुंगाना मनोनित भएका छन् ।