कुनै पनि दिन पार्टी एकता हुन सक्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्य तयारी बाँकी नरहेकाले चुनावमा गरिएको प्रतिबद्धताअनुसार निकट भविष्यमा एमाले-माओवादी एकता हुने बताएका छन्।
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्य तयारी बाँकी नरहेकाले चुनावमा गरिएको प्रतिबद्धताअनुसार निकट भविष्यमा एमाले-माओवादी एकता हुने बताएका छन्।
प्रदेश नं २ का सांसदहरूले ‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन्।
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा नाकाबन्दीबारे नबोलिनु दुर्भाग्य भएको टिप्पणी गरेका छन्।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले देशको विकास गर्न नसक्ने बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग उखान टुक्काबाहेक देशको विकास र समृद्धिको खाका नभएको आरोप लगाए।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ का मुख्य मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभा बैठक बसिरहेकाे छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा अाेलीले सम्बाेधन गरिरहेका छन् ।
मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ। मलेसियाको आप्रवासन विभागले भर्खरै मात्र सत्ताबाट बाहिरिनु भएका पूर्वप्रधानमन्त्री रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको शनिबार जानकारी दिएको हो।
नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ पुगेर पूजा गरेका छन्। हेलिकाेप्टरबाट मुक्तिनाथ पुगेका उनले २० मिनेट बढी पूजा गरेका थिए। उनलाई परम्परागत भेषभुषामा सजिएका स्थानीयहरुले स्वागतका साथै अभिनन्दन गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा अाेली र भारतीय समकक्षी नरेन्द्र माेदीकाे संयुक्त पत्रकार सम्मेलन शुरू भएकाे छ। काठमाडाैँकाे द्वारिकाज हाेटलमा भएकाे एक्लाएक्लै वार्तापश्चात दुर्इ प्रधानमनीकाे संयुक्त पत्रकार सम्मेलन भएकाे हाे।
प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच एक्लाएक्लै वार्ता भएको छ। शुक्रबार विहान नेपाल आइपुगेका मोदी र ओलीबीच काठमाडौँको द्वारिकाज होटलमा वार्ता भएको हो।
नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। सैनिक मञ्च टुंडिखेलमा शुक्रबार अपरान्ह आयोजित विशेष समारोहमा मोदीलाई गार्ड अफ अनर दिइयो।
बिहीबार नियुक्ति भएका मलेसियाका प्रधानमन्त्री माहाथिर मोहमदले शुक्रबार दश जना नयाँ मन्त्री थपेका छन्। उनले विपक्षी गठबन्धनको समर्थनमा बिहीबार प्रधानमन्त्रीको सपथ लिएका हुन्। उनले पहिलो पटक तत्काल नियुक्ति गनुपर्ने मन्त्रीहरुको नामावली हिजो नै दिएको र शुक्रबार उक्त मन्त्रिमण्डलमा विस्तार गरेका हुन् ।
धानमन्त्री केपी शर्मा ओलीले जनस्तरमा पनि आगमन बढाउन जनकपुर-अयोध्या- जनकपुर वस सेवा सुरु भएको बताएका छन्। बस सेवाको शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको मात्र आगमन नभएर नागरिकस्तरमै यसले आगमन बढाउने विश्वास व्यक्त गरे। उनले रामायण सर्किटले जनस्तरमै सम्वन्ध बढाउने विश्वास लिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणका सन्दर्भमा उनको कार्यक्रम हुने स्थलमा सुरक्षा व्यवस्था चुस्त तुल्याइएको छ।