१६ वैशाख २०८१ आइतबार
image/svg+xml

बन्दकर्ताको शैलीः कतै अनुरोध, कतै आक्रोश

नेकपाको दाहाल–नेपाल समूहले बिहीबार देशव्यापी आमहड्ताल गर्दा धेरैतिर तोडफोड, कुटपिट, अवरोध, आगजनीका घटना घटे । तर, पर्यटकीय सहर पोखरामा भने बन्दकर्ताको शैली अन्यत्रको भन्दा केही फरक देखिन्थ्यो ।

पोखराका बन्दकर्ताः कतै अनुरोध, कतै खबरदारी (फोटो फिचर)

नेकपाको प्रचण्ड–नेपाल समूहले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गर्दा पोखरामा फरक दृष्य देखिए ।

चोकमा बन्दकर्ता, भित्री गल्ली खुला

नेकपाको प्रचण्ड–नेपाल समूहले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गर्दा सबै क्षेत्रमा प्रभाव परेको छ । बन्दका कारण पोखरामा पनि प्रभाव परेको छ ।

प्रचण्ड-माधव समूहको आमहड्तालः प्रहरी र कार्यकर्ताबीच मुठभेड, ६३ जना नियन्त्रणमा

नेकपा प्रचण्ड–नेपाल समूहले आज (बिहीबार) देशव्यापी आमहड्तालको घोषणा गरेको छ। यो समूहको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गरी देशव्यापी आमहड्तालको घोषणा गरेको हो।

पूर्वका ९ जिल्लामा आमहड्ताल, बन्दले जनजीवन प्रभावित

राष्ट्रिय जनमुक्ति पार्टीले आह्वान गरेको आमहड्तालका कारण मंगलबार इलामसहित पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ।

धनकुटाबासीको आमहड्ताल फिर्ता

प्रदेश नं. १ को राजधानी माग गर्दै आन्दोलन गरिरहेका धनकुटाबासीले माघ १५ गते देखि अनिश्चितकालको लागि घोषणा गरेको आमहड्ताल फिर्ता गरेको छ।

आमहड्तालको तेस्रो दिन पनि दाङ पुरै ठप्प

प्रादेशिक राजधानी माग गर्दै गरिएको अनिश्चितकालीन आमहड्तालको तेस्रो दिन पनि दाङको जनजीवन प्रभावित बनेको छ।

धनकुटामा प्रधानमन्त्रीको पुत्ला दहन, आमहड्ताल जारी

प्रदेश नम्बर १ को राजधानी विराटनगर तोकिएपछि धनकुटामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको छ। धनकुटाको जिरोप्वाईन्टमा आन्दोलनकारीले पुत्ला दहन गरेका हुन्। त्यस अवसरमा आन्दोलनकारीले प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी गरेका थिए।

धनकुटामा आमहड्ताल

प्रदेश नम्बर १ को राजधानी धनकुटा तोक्नुपर्ने माग राखेर सुरु गरिएको आन्दोलनलाई थप सशक्त बनाउने निर्णय भएको छ । संघर्ष समितिले शुक्रबारदेखि आन्दोलन सशक्त बनाउने निर्णय गरेको हो । समितिको बैठकले २४ घण्टा आमहड्ताल गर्ने निर्णय गरेको छ । यसअघि दिनभर आमहड्ताल भए पनि राति गाडी चल्दै आएका थिए ।

गोर्खाल्यान्ड आन्दोलन : आमहड्तालको ९० दिनपछि वार्ता

भारत पश्चिमबंगालमा ‘गोर्खाल्यान्ड राज्य’ माग गर्दै आन्दोलन गरिरहेका दल र पश्चिमबंगाल राज्य सरकारबीच मंगलबार वार्ता हुँदैछ। वार्ताका लागि पश्चिमबंगालकी मुख्यमन्त्री ममता बेनर्जी नेतृत्वको टोली सोमबार सिलिगुडी पुगेको छ। आन्दोलनकारी दलका बेग्लाबेग्लै प्रतिनिधिमण्डल वार्ताका लागि जाँदैछन्।

दार्जिलिङमा फेरि आमहड्ताल

भारतको पश्चिम बंगालमा गोर्खाल्यान्डका लागि आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाको दार्जिलिङ पात्लेवासस्थित पार्टी कार्यालयमा बिहीबार प्रहरीले छापा मारेको छ । प्रहरीले हस्तक्षेप गरेको भन्दै मोर्चाले बिहीबार नै अनिश्चितकालका लागि दार्जिलिङसहित पहाडी क्षेत्रमा आमहड्ताल आह्वान गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्