‘कोभिड–१९ अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको प्रतिकुल हुनसक्ने’
अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प पुन निर्वाचित हुने सम्भावनालाई कोभिड–१९ को महामारी तगारो बन्नसक्ने एक सर्वेक्षणले देखाएको छ।
अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प पुन निर्वाचित हुने सम्भावनालाई कोभिड–१९ को महामारी तगारो बन्नसक्ने एक सर्वेक्षणले देखाएको छ।
गायिका टेलर स्विफ्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आक्रोशित भएकी छिन्। अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा रहेका बेला मिनियापोलिसमा भएको हत्याको विरोधमा अमेरिकाभर विभिन्न शहरमा प्रदर्शन भइरहेको अवस्थामा गायिका स्विफ्टले राष्ट्रपति ट्रम्पको शासनको अन्त्य हुने प्रतिक्रिया दिएकी थिइन्।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग अमेरिकाले सम्बन्ध तोड्ने घोषणा गरेका छन् । उनले अमेरिकाले विश्व स्वास्थ्य संगठनसँगको सबै खाले सम्बन्ध तोड्ने घोषणा गरेको समाचारमा जनाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ट्विटर र अन्य सामाजिक संचार माध्यमका कम्पनीहरू विरुद्ध नयाँ युद्धको घोषणा गरेका छन् । उनले यी माध्यमलाई नियन्त्रण गर्ने उद्देश्यले एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेर विवादको बिऊ रोपेका छन् ।
डब्लुएचओले बुधबार एकै दिन १ लाख ६ हजारभन्दा बढी भाइरसका बिरामी भेटिएको जनाएको छ। गत डिसेम्बरमा चीनको उहानमा कोरोना संक्रमण देखिएपछि पहिलोपटक यो सबैभन्दा ठूलो संख्या देखिएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच शुक्रबार साँझ फोनवार्ता भएको छ ।