२१ आश्विन २०८१ सोमबार
image/svg+xml

एक सुन्दर निकाह

उनी ‘पुष्पा मामु’ कहाँ आउने बेला मात्र ११ वर्षकी मात्र थिइन्। त्यति बेला उनलाई जन्मदिने आमा जेलमा थिइन्। उनलाई आफ्नो बुवाको बारेमा केहीपनि थाहा थिएन। यतिसम्म कि उनले आफ्नो बुवाको फोटोसम्म पनि देखेकी छैनन्।

निकाह कबुल!

बारा जिल्लाको सिमरा विमानस्थलबाट अलि पर गएपछि कासिम मियाँको घर आइपुग्छ। उनी स्थानीयबीच निकै लोकप्रिय छन्। कासिम राजनीतिज्ञ होइनन् न त कुनै व्यापारी वा उद्योगी। उनको उदार सोचाइ अनि सद्भाव नै हो जसले उनको परिचय परिवार र सम्प्रदायबाहिर पनि फैलाएको छ। तिनै कासिमको घरमा गएसाता बिहे थियो– छोरी सबनमको।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्