८ वैशाख २०८१ शनिबार

धादिङका सात स्थानीय तहका एक सय १२ ठाउँमा हात धुने स्टेसन

न हातले धाराको टुटी घुमाईरहनु पर्ने, न त बन्द नै गर्नुपर्ने। हात धुने स्टेसनसँगै जडित भुँईमा रहेको संयन्त्रलाई पैदलले दबाएपछि धाराको टुटीबाट पानी झर्न थाल्छ र छोडेपछि पानी बन्द हुन्छ। साबुनका लागि पनि उहि प्रक्रिया अनुसार गर्न सकिन्छ। कन्ट्याक्ट लेस ह्याण्ड वासिङ स्टेसन अर्थात् हातले छोइरहनु नपर्ने हात धुने स्टेसन धादिङ जिल्लाको सात वटा स्थानीय तहहरुका प्रत्येक वडा र स्वास्थ्य संस्थाहरुमा जडान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्