१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

राष्ट्रपति आज जेनेभा जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन मंगलबार स्विट्जरल्यान्डको जेनेभा जाने भएकी छन्। 'वल्ड अफ वर्क समिट' नाम दिइएको उक्त सम्मेलनलाई राष्ट्रपति भण्डारीले बिहीबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति जेनेभा जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिन मङ्गलबार त्यसतर्फ जाने भएकी छन्।

सबैलाई समेटेर चुनावमा जुट्न पूर्वराष्ट्रपतिको आग्रह

पूर्वराष्ट्रपति रामवरण यादवले मुलुकका सबै पक्ष र समुदायलाई समेटेर निर्वाचनमा जुट्न प्रमुख राजनीतिक दललाई आग्रह गरेका छन्। सागरशमशेर राणाद्वारा लिखित सिंहदरबार पुस्तकको शुक्रबार राजनीतिमा लोकार्पण गर्दै पूर्वराष्ट्रपति यादवले तीनै तहको निर्वाचनले मात्र उपलब्धि संस्थागत गर्ने स्पष्ट पारेका हुन्।

गुणस्तरीय स्वास्थ्यसेवा अझै चुनौतिपूर्णः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले अझैपनि सहज र सुपथ स्वास्थ्य सेवा पुर्याउन चुनौती रहेको बताएकी छिन्।  नेपाल क्यान्सर अस्पताल हरिसिद्विको आज औपचारिक उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कडा रोगको उपचारमा ठूलो धनराशि खर्च गर्नपरिरहेको उल्लेख गरिन् ।

सिंगापुरको राष्ट्रपतिमा मलेशियन उठ्न पाउने

सिंगापुरमा नयाँ राष्ट्रपतिको चयनका लागि बिहीबार देखि उम्मेदवारी दर्ता सुरु गरिएको छ । सिंगापुरमा वर्तमान राष्ट्रपति टोनी टान केङ यानको कार्यकाल आगामी अगस्ट ३१ मा सकिने छ ।

राष्ट्रपतिद्वारा राष्ट्रिय सहमतिको सरकार गठनबारे दलसँग परामर्श

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा जानकारी लिई र दलहरुसँग परामर्श गरेकिछन्।

राष्ट्रपति/उपराष्ट्रपतिविरुद्ध मुद्दा नलाग्ने कानुन बन्दै

राष्ट्रपति तथा उपराष्ट्रपतिले पदीय हैसियतले सम्पादन गरेको कामकारबाहीबारे अदालतमा मुद्दा चलाउन नपाइने व्यवस्थासहितको कानुन बन्ने भएको छ । ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सेवासुविधासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा राष्ट्रपति र उपराष्ट्रपतिविरुद्ध अदालतमा मुद्दा नलाग्ने व्यवस्था प्रस्ताव गरिएको छ।

गणतन्त्र दिवस समारोहमा राष्ट्रपति सरिक

गणतन्त्र दिवस २०७४ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भइन्।

दसौं गणतन्त्र दिवस : समृद्ध राष्ट्र निर्माणमा जुट्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुन सबैलाई आह्वान गरेकी छन्।

राष्ट्रपतिद्वारा दशौँ गणतन्त्र दिवसका अवसरमा चियापान

राष्ट्रपति विद्यादेवी भण्डारीले दशौं गणतन्त्र दिवसका अवसरमा चियापान समारोहको आयोजना गरेकिछन्।

राष्ट्रपति/उपराष्ट्रपतिकै सन्तति सुशोभित

राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं गणतन्त्र दिवसको अवसरमा शुक्रबार आफ्ना तथा उपराष्ट्रपतिका परिवारका सदस्यसहित २ सय ५८ जनालाई सुशोभित गरेकी छन् ।

राष्ट्रपतिबाट २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले नवौँ गणतन्त्र दिवस–२०७३ का अवसरमा २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान गरेकी छन्।

जब राष्ट्रपति र प्रधानमन्त्रीले रथको चारैतिर पूजा गरे

‘भोटो देखाउने जात्राको बारेमा सुनेकी मात्रै थिएँ, आज प्रत्यक्ष हेर्ने मौका पाएँ,’ बिहिबार जावलाखेलचोकमा भेटिएकी कल्पना लामाले भनिन्। दक्षिण ललितपुरको गिम्दीबाट उनी जात्रा हेर्नकै लागि साथिसँग यहाँ आएको उनले सुनाइन्। ‘भोटो हेर्ने ठूलो धोको थियो, आज पूरा भयो,’ उनले भनिन्।

सहमतीय प्रधानमन्त्री छान्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई आह्वान गरेकी छिन्। प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएको भोलिपल्ट राष्ट्रपति कार्यालयले ७ दिनको समय सीमा तोकेर सहमतीय सरकार गठनको प्रक्रिया अघि बढाएको हो।

राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सरकारी कर्मचारीलाई संक्रमणकालीन व्यवस्थाअनुसार स्थानीय तहमा परिचालन गर्ने उल्लेख गरिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्