१२ मंसिर २०८१ बुधबार
image/svg+xml

पूर्वराष्ट्रपति यादवको सेवासुविधा थप

सरकारले पूर्वराष्ट्रपति रामवरण यादवलाई थप सेवासुविधा उपलब्ध गराउने निर्णय गरेको छ । गत मंसिर २५ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वराष्ट्रपतिलाई थप दुईवटा सवारीसाधनलगायतको सुविधा बढाउने निर्णय गरेको हो ।

राष्ट्रपतिको विरोध गर्नेलाई १८ महिना जेल

सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपतिको विरोध गरेको भन्दै इन्डोनेसियाका एक युवकलाई १८ महिनाको जेल सजाय हुने भएको छ ।

महिलाले रक्सी किन्न पाउने प्रस्ताव राष्ट्रपतिद्वारा खारेज

श्रीलंकामा महिलाले कानूनी रुपमा मदिरा खरिद गर्न पाउने सरकारको प्रस्ताव राष्ट्रपति मैत्रीपला सिरिसेनाले खारेज गरिदिएका छन्। पुरुषसरह समान अधिकार दिने भन्दै सरकारले यो प्रस्ताव राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको थियो।

राष्ट्रपतिको जलपानमा प्रधानमन्त्रीदेखि कलाकारसम्म

राष्ट्रपति विद्यादेवी भण्डारीले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना तथा जलपान कार्यक्रमको आयोजना गरेकी छन्। राष्ट्रपतिको कार्यालय शीतलनिवासमा सोमबार आयोजित सो कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, पूर्व उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रिपरिषद्का अध्यक्ष लगायतको सहभागिता थियो।

मुलुकको ध्यान आर्थिक विकासमा : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयनपछि सम्पूर्ण ध्यान मुलुकको दिगो आर्थिक विकाससहितको समृद्ध नेपाल निर्माणमा केन्द्रित हुने बताएका छन्।

राष्ट्रपति भण्डारीको ‘भोज नीति’

राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको परिवार र वाम गठबन्धनका अन्य नेतालाई रात्रीभोजमा निम्त्याउनुले राजनीतिक वृत्तमा अनेक शंका उब्जाएको छ। राष्ट्रपतिको भोजनीतिलाई सोही पदमा दोस्रो कार्यकाल रहने दाउका रुपमा हेरिएको छ।

राष्ट्रिय अर्थतन्त्रको विकास अहिलेको आवश्यकता : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय अर्थतन्त्रको विकास गर्नु अहिलेको आवश्यकता भएको बताएका छन्।

मेक्सिकोको सीमामा पर्खाला लाउनुपर्छ : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाउने आफ्नो पुरानो कार्यक्रम यथावत नै रहेको बताएका छन्।  उनले हाल रिपब्लिकन र डोमोक्र्याटहरूबीच भइरहेको वार्तामा पनि आफ्नो यो एजेण्डालाई कानुनकै रुपमा राख्न निर्देशन दिएका छन्। हाल उनीहरुबीच आप्रवासन सम्बन्धी वार्ता भइरहेको छ।

अन्तर कोरियाली वार्ताले राम्रो उर्जा दिएको छ : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मङ्गलबार भएको दुई कोरियाबीचको उच्चस्तरीय वार्ताले यी दुई देशको सम्बन्ध सुधारका क्षेत्रमा राम्रो उर्जा दिएको बताए।

राष्ट्रपति चुरे संरक्षण क्षेत्रमा सामुदायिक ‘होम स्टे’

राष्ट्रपति चुरे संरक्षण क्षेत्र तिनाउँ गाउँपालिका–४, कोल्डाँडाको लगाढमा घरबास ‘होम स्टे’ (घरबास) सुरु भएको छ । चिच्याएर वर माग्ने मेला लाग्ने स्थान सत्यवति ताल नजिकै मगर समुदायमा ‘सत्यवती ताल सामुदायिक होम स्टे’ सुरु गरिएको हो ।

निर्वासनमा गएका पूर्व नेतालाई राष्ट्रपति प्रस्ताव

वतन्त्र क्याटलोनिया पक्षधर दुई पार्टीले पूर्व नेता कार्लेस पुइगडेमन्टलाई राष्ट्रपति पदको प्रस्ताव गरेका छन् ।

दलीय सहमतिमा अस्थायी राजधानी तोक्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख, प्रदेशका अस्थायी राजधानी दलीय सहमतिमा तोक्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेकी छिन् । राष्ट्रपतिलाई भेट्न सोमबार बिहान १० बजे शीतल निवास पुगेका प्रधानमन्त्री देउवालाई प्रमुख राजनीतिक दलसँग समन्वय गरेर अघि बढ्न सुझाव दिएकी हुन ।

फ्रान्सका राष्ट्रपति चीनमा, ‘वन वेल्ट, वन रोड’ परियोजनाको समर्थन

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले चीनले अघि सारेको बृहत् सिल्क रोड संचनागत योजनामा यूरोपले भाग लिनुपर्ने बताएका छन्। तर उक्त योजनामा आधिपत्य हुन नहुन म्याक्रोँको धारणा छ। उनले सिल्क रोड, जसलाई ‘वन वेल्ट, वन रोड’ पनि भनिन्छ, यसबाट हुने उपलब्धि दुबै पक्षको हिस्सा रहनुपर्ने बताए।

राष्ट्रपतिद्वारा शीतलहरबाट उत्पन्न परिस्थितिको समाधानका लागि आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले तराई क्षेत्रको शीतलहर र प्रकोपबाट उत्पन्न परिस्थितिको उचित र व्यवस्थित समाधानका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्। तराई क्षेत्रलगायत देशभर बढेको चिसोले जनताको दैनिक जीवनयापनमा परेको कठिनाइप्रति ध्यानाकर्षण भएको जनाउँदै राष्ट्रपति भण्डारीले विगत वर्षमा पनि यस किसिमका प्राकृतिक घटनाक्रम हुने गरेकाले अब उचित र दिगो व्यवस्थापनका लागि पूर्वतयारी अपनाउन सरकारलाई आग्रह गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

आज राष्ट्रपतिले हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार (आज) हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने भएकी छिन् । तीन दिनसम्म चल्ने उक्त एक्स्पो भृकुटीमण्डपमा आयोजना गर्न लागिएको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा उक्त एक्स्पो हुन लागेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्