राजनीति-प्रशासन सम्बन्धको पहेली
शक्तिकेन्द्रित प्रवृत्तिका कारण राजनीतिक पार्टीले दलगत स्वार्थका लागि प्रशासनलाई उपयोग गर्ने सहज मौका पाएका छन्।
शक्तिकेन्द्रित प्रवृत्तिका कारण राजनीतिक पार्टीले दलगत स्वार्थका लागि प्रशासनलाई उपयोग गर्ने सहज मौका पाएका छन्।
नेपाली नीति निर्माताहरूले सार्वजनिक नीतिको सैद्धान्तिक र व्यावहारिक पक्षहरूलाई राम्रोसँग आत्मसात गर्न नसकेको पाइयो। यसको ज्वलन्त उदाहरण त सार्वजनिक नीति बनाउँदा अपनाएको विधि–प्रक्रिया र समावेश गरिएका विषयवस्तुबीचको तादात्म्यताको अभाव हो।
कुनै क्षेत्रमा बढी लगानी भएको, बढी लाभ लिएका व्यक्तिलाई सरोकारवाला मान्ने परम्परा हँुदा नीति मस्यौदाको छफफलमा उक्त क्षेत्रको माफियाले अवसर प्राप्त गर्ने गरेको छ।
कुनै पनि नीति प्रभावकारी कार्यान्वयनका लागि निम्न पक्षको उपस्थिति वा भूमिका अति महत्वपूर्ण हुन्छ– (क) कानुन, (ख) संस्थागत संरचना, (ग) आर्थिक स्रोत तथा जनशक्ति, र (घ) कार्यान्वयनको जिम्मेवारी लिने व्यक्ति वा संस्था किटानी।