२१ आश्विन २०८१ सोमबार
image/svg+xml

ट्रकको ठक्करबाट एकको मृत्यु ,दुई घाइते

भरतपुरको आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ आउँदै गरेको ना६ख ३४२५ नम्बरको ट्रकले गणेशस्थान चोकमा बाटो काट्दै गरेको ना३प ७२३९ नंको मोटरसाइकललाई विहीबार ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजनामध्ये एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

मोटरसाइकलले ठक्करबाट ४५ वर्षीय थापाको मृत्यु

पुरानो बसपार्कअघि एक मोटरसाइकलको ठक्करबाट घाइते बनेका बटुवाको उपचारका क्रममा मृत्यु भएको छ ।

मनहरीमा डुबेर ३ बालकको मृत्यु

मकवानपुरको मनहरी गाउँपालिका ७ मा अवस्थित खोलामा पौडी खेल्न गएका ३ जना बालकको डुबेर मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी दिलिपराज झाले तीन बालकको खोलामा डुबेर मृत्यु भएको बताए।

करेन्ट लागेर एकको मृत्यु

रैनादेवीछहरा गाउँपालिका–२, सोमादीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। फ्युज जडान गर्ने क्रममा करेन्ट लाग्दा सोमादी कोकलधाराका ३५ वर्षीय खुमबहादुर रेस्मीको मृत्यु भएको हो।

खोलाले बगाएर वडा सदस्यको मृत्यु

डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले जनाएको छ।

बालुवा लिन गएकी युवतीको मृत्यु

जुम्लामा बालुवा निकाल्न तिला नदी गएकी एक युवतीको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका ७ की २४ वर्षीया पार्वती भण्डारीको मृत्यु भएको हो।

प्रधानमन्त्री हत्याको षड्यन्त्र गर्ने दश जनालाई मृत्युदण्ड

बङ्गलादेशको एक अदालतले सन् १९९० र २००० को दशकमा बङ्गलादेशकी नेतृ शेख हसीनालाई हत्या गर्न गरिएका पटक पटकका असफल प्रयासमा दोषी ठहर गर्दै बङ्गलादेशका विभिन्न १० इश्लामिक लडाकूलाई आइतबार मृत्युदण्डको सजाय सुनाएको छ।

कंगोमा भीषण पहिरो, मृत्यु हुनेको संख्या २०० पुग्यो

कंगोमा भीषण पहिरो गएको छ । त्यस पहिरोमा परी शनिबार सम्ममा कम्तीमा २०० जनाको ज्यान गएको छ।

भारतमा  रेल दुर्घटना हुँदा २३ को मृत्यु, ४० घाइते

भारतको उत्तर प्रदेशमा भएको रेल दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ भने अरु ४० जना घाइते भएका छन्।

बाढी पहिरोका कारण अगस्तमा करिब ६०० को मृत्यु, लाखौँ विस्तापित

दक्षिण एसियाका विभिन्न मुलुकमा गरी अगस्त महिनामा व्यापक वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या करिब छ सय पुगेको सम्बन्धित मुलुकका अधिकारीले जनाएका छन् । बाढी र पहिरोमा परी विस्तापित हुनेको जनसङ्ख्या लाखौँ रहेको छ।

बिहारमा बाढीबाट ११९ जनाको मृत्यु

भारतको बिहार राज्यमा बाढीका कारण कम्तीमा ११९ जनाको मृत्यु भएको छ भने कैयौं बेपता छन् ।  बिहारमा मात्रै बाढीका कारण करिब १ करोड नागरिक प्रभावित भएका छन्।

लागुऔषधविरुद्धको पछिल्लो कारबाहीमा ३९ को मृत्यु

फिलिपिन्सको राजधानी मनिलामा शुक्रबार मध्यराति प्रहरीले लागुऔषधविरुद्ध गरेको कारबाहीका क्रममा कम्तीमा १४ व्यक्ति मारिएका छन्।

खाल्डोमा जमेको पानीमा डुबेर बाललको मृत्यु

झापाको कचनकवल गाउँपालिका–१ घेरावारीस्थित भेलामुनी निवासी अम्मर श्रेष्ठको ११ वर्षीय छोरा सुलभको आज खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ।

स्वास्थ्य चौकी पुर्‍याउन नसक्दा सुत्केरीको मृत्यु

रसुवाको पार्वतीकुण्ड गाउँपालिका–५ साङजेन खर्कमा सुत्केरी हुन नसक्दा २७ वर्षकी तिपतोङ तामाङको ज्यान गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्