पहिरो पीडितको पीडा: दुई दिनदेखि जंगलको बास
पाँच महिनादेखि खानीडाँडाको सडक किनारमा बस्दै आएका पहिरो पीडितलाई अहिलेसम्म केही बन्दोबस्त नभएपछि स्थानीय सरकारले नै रोजेको विकल्पका आधारमा टाँकगडा जान हिँडेका उनीहरू बीच बाटोमै अलपत्र परेका छन्।
पाँच महिनादेखि खानीडाँडाको सडक किनारमा बस्दै आएका पहिरो पीडितलाई अहिलेसम्म केही बन्दोबस्त नभएपछि स्थानीय सरकारले नै रोजेको विकल्पका आधारमा टाँकगडा जान हिँडेका उनीहरू बीच बाटोमै अलपत्र परेका छन्।
पहिरोबाट घरबारविहीन दुई सय ११ परिवार जाडो बढ्न थालेपछि सडक किनारको टेन्टको बास छोडेर न्यानो खोज्दै जंगल पसेका छन्। गत साउन १५ देखि २५ गतेसम्मको अविरल वर्षाका कारण पहिरो लागेपछि कैलालीको चुरे गाउँपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ६ सम्मका दुई सय ११ परिवार घरबारविहीन भएका थिए।