भटमासको तेल निर्यात चार गुणा बढ्यो
पोहोरभन्दा चालु आर्थिक वर्षको ११ महिनामा ३२ अर्ब ११ करोड रूपैयाँ धेरैको प्रशोधित भटमासको तेल निर्यात भएको भन्सार विभागले जनाएको छ। पोहोरको जेठसम्म १० अर्ब १३ करोड रूपैयाँ मूल्यको प्रशोधित भटमासको तेल निर्यात भएकोमा चालु आवको जेठसम्म ४२ अर्ब ३४ करोड रूपैयाँको भटमास तेल निर्यात भएको हो।