२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु

जनकपुरधाममा पोखरीमा डुबेर एका घरका दुई बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका-२४ बस्ने अलिहसन अन्सारीका जुम्ल्याहा छोरा नौ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारी रहेका छन्।

नेप्लिज तेक्वान्दो एकेडेमी च्याम्पियन

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ। ८ स्वर्ण, ७ रजत र १ कांस्य जित्दै एनटीए समग्रमा एनटीए टिम च्याम्पियन बन्यो।

रूखको हाँगा खसेर एक जनाको मृत्यु

रुखको हाँगा खसेर कञ्चनपुरका आज एक जनाको मृत्यु भएको छ। सामुदायिक वनमा दाउरा खोज्न हिँडेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको मृत्यु भएको हो।

झरना अवलोकन गर्ने क्रममा चिप्लिएर एकको मृत्यु

अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर आज एक जनाको मृत्यु भएको छ।

हेलिकोप्टर दुर्घटना अपडेट :एकको मृत्यु

सङ्खुवा सभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ।दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिएका छन।

व्यवसायी कँडेल मृत्यु प्रकरण: आरोपीमध्ये रावल पक्राउ

व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

कोरोनाबाट एकजनाको मृत्यु

कोरोना सक्रमणको कारण गत चौबिस घण्टामा एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

चीनको एक कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु

चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी नौ जनाको मृत्यु भएको छ।घटनामा परी एक जना घाइते भएका र एक जना अझै सम्पर्कमा आउन नसकेको लियाओचेङको स्थानीय प्रशासनले जनाएको छ।

ब्राजिलको आदिवासी क्षेत्रमा आठ जना मारिए

उत्तरी ब्राजिलको आदिवासी क्षेत्रमा आठ जना मृत फेला परेका छन्। संरक्षित खानी क्षेत्रमा अवैध गतिविधि गर्नेहरूले उनीहरूलाई मारेको आशङ्का गरिएको छ। जङ्गलभित्र गोप्य आधार शिविर बनाएर सुन खोज्ने र त्यस्ता अवैध गतिविधि हुन नदिनेबीचको झडपमा सर्वसाधारण मारिने गरेका छन्।

अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते

संखुवासभामा निमार्णाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट–२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ।

चक्रबहादुर स्मृति तेक्वान्दो शुक्रबारदेखि

सुन्दरी माई तेक्वान्दो डोजाङ, नेपालको आयोजनामा प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

वन्यजन्तुको आक्रमणबाट नौ महिनामा नौको मृत्यु

चितवनमा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वन्यजन्तुको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो।

ताप्लेजुङमा चट्याङ लागेर एकको मृत्यु

चट्याङ लागेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५८ बर्षिय श्रीप्रसाद कडरिया रहेका छन् । स्थानीय धर्मप्रसाद घिमिरेका अनुसार घरदेखि बाहिर निस्केर आँगनतर्फ जाने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको हो।

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भरतपुर महानगरपालिका-२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्