राष्ट्रहितविरूद्ध सरकारी दुस्साहस !
साविकको राज्य संरचनालाई भताभुङ्ग बनाएर संघीयता लागु गर्ने जस्ता विध्वंसका अजेन्डामा ‘जनता’ को जलप हालेर कहिलेसम्म जनतालाई अल्मल्याइरहने ?
साविकको राज्य संरचनालाई भताभुङ्ग बनाएर संघीयता लागु गर्ने जस्ता विध्वंसका अजेन्डामा ‘जनता’ को जलप हालेर कहिलेसम्म जनतालाई अल्मल्याइरहने ?
नेपाली जनताले पनि राष्ट्र बचाउने हो कि गणतन्त्र भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने बेला आएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले सिके राउतसँग गरेको सम्झौता राष्ट्र हितविपरीत र द्वैध अर्थ लाग्ने भएको आरोप लगाएका छन्। १८ दिनअघि ताप्लेजुङबाट सो पार्टीले सुरु गरेको मेची–महाकाली स्वाभिमान यात्राको शुक्रबार काठमााडौंमा समापन गर्दै थापाले सरकार र राउतबीच भएको सम्झौता शंकास्पद भएको आरोप लगाए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदबाट राष्ट्रहित विपरिका प्रस्ताव पारित हुन नदिने बताएका छन्। एमाले नेतृत्वमा नौ दलद्वारा राजधानीमा आयोजिक सभालाई सम्वोधनलाई ओलीले संसदमा एमाले हुन्जेल राष्ट्रहित विपरितका काम नहुने बताए।
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘संविधान संशोधन विधेयकका दफा राष्ट्रहित अनुकूल नभएको’ भन्दै संशोधन विधेयक यथास्थितिमा राख्नुपर्ने बताएको छ। सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले सत्तारुढ दल भए पनि राप्रपा संविधान संशोधन प्रक्रियामा सामेल नरहेको प्रस्टिकरण दिएको छ।
नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘राष्ट्रहित विपरित सम्झौता नहोस्’ भन्ने भाषाले हिनताबोधको अर्थ दिने उल्लेख गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमण अगाडि विभिन्न विभिन्न समूह तथा पार्टीहरुले राष्ट्रहित विपरित सम्झौता नगर्न सुझाव दिइरहेका बेला भट्टराईको अभिव्यक्ति दिएका हुन्।