ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, २३ घाइते
दाङमा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
दाङमा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
म्याग्दीको मालिका गाउँपालिका–२ रुममा आज दिउँसो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दरवाङ बजारदेखि रुम जाँदै गरेको ध१ज ५९८ नंको जिप बिलबाङगाउँ नजिकैको दरखाको आसन भन्ने ठाउँमा दुर्घटना भएको हो।
जिल्लामा दशैँ र तिहारको समयमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ। तीमध्ये आधा पैदलयात्री रहेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार असोज १२ गतेदेखि कात्तिक ९ गतेसम्म भएका ३५ वटा दुर्घटनामा १० जनाको मृत्यु भएको हो। तीनै दुर्घटनामा परी २५ जना गम्भीर र ८१ जना सामान्य घाइते भएका छन्।
इस्लामिक स्टेट (आईएस)ले अबु इब्राहिम अल–हाशमीलाई नयाँ नेता चुनेको छ । अमेरिकी सेनाले सिरियामा गरेको कारबाहीमा आफ्नो नेता अबु बक्र अल बग्दादीको मृत्यु भएपछि इस्लामिक स्टेटले इब्राहिमलाई नयाँ नेता चुनेको हो ।
तिहारको अवधिमा भएका विभिन्न घटनामा प्रदेश १ मा २९ जनाको मृत्यु भएको छ। प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार तिहारको अवधिमा आत्महत्या र विभिन्न घटनामा परी २९ जनाले ज्यान गुमाएका छन्।
बिहीबार दिउँसो काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवा फेदीको जङ्गलमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–८, भुडकैयामा युवाहरुको कुटपिटबाट घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
रेल अधिकारीहरुको अनुसार खाना पकाउनलाई प्रयोग गरिने ग्यास विक्ष्फोट भएको थियो। विष्फोट पछि रेलको तीनवटा डिब्बामा आगो लागेको हो। आगलागीमा परेर ६५ यात्रुहरुको मृत्यु भएको छ भने ३० भन्दा बढी यात्रु गम्भीर घाइते भएका छन्।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा छिमेकीको पर्खालमा ठोक्किएर एक युवकको मृत्यु भएको छ। मदिरा सेवन गरी घर जाने क्रममा छिमेकीको पर्खालमा ठोक्किएर शुक्लाफाँटा नगरपालिका–६ वनसमितिका ३९ वर्षीय तोरण भण्डारीको गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।
बेलकोटगढी नपा–१२ घोडगाढका ९ वर्षीय बालक विप्लव मिजारको तादी खोलाले बगाउँदा मृत्यु भएको छ। आज तादी खोलामा पौडी खेल्ने क्रममा मिजारलाई खोलाले बगाएको हो।
गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङस्थित महादेवटारमा रूखबाट लडेर आज एक युवकको मृत्यु भएको छ।
भीमदत्त नगरपालिका–४ भाँसीका २२ वर्षीय अजय चौधरीको मृत्यु प्रकरणबारे प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ।
सरकारले चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १७१ कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ।
चिलीमा जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा २० जनाको मृत्यु भएको छ।