'काकाकुल' गाउँमा पानी आएपछि खुसियाली
इलाम नगरपालिका-११ (साविक सोयाक गाविस–७)का नरेन्द्रप्रसाद आचार्य गाउँमा खानेपानीको चरम अभाव भएपछि घर छाडेर बसाइँ हिँडे। स्थानीय बालकन्या विद्यालयका शिक्षकसमेत रहेका आचार्य बिहान–बेलुका हातमुख जोर्ने जागिरभन्दा प्राण धान्ने खानेपानी चाहिँ बढी आवश्यक भएपछि गाउँ बसिरहन सकेनन्।