६ आश्विन २०८१ आइतबार
image/svg+xml

अपाङ्गता परिचयपत्र वितरण

बन्दाबन्दीका कारण रोकिएको अपाङ्ता परिचयपत्रलाई पोखरा महानगरले वितरण शुरु गरेको छ। महानगरको सामाजिक शाखाद्वारा बिहीबार र शुक्रबार दुई दिनमा ६५ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको स्वाबलम्बी जीवन पद्धति समाजका महासचिव एवं अपाङ्गता परिचयपत्र वितरण समितिका सदस्य अञ्जना केसीले जानकारी दिए।

रसुवामा राष्ट्रिय परिचयपत्र वितरण सुरु

रसुवामा बिहीबारदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। पहिलो चरणमा विवरण दर्ता गराएका चार सय एकजनाको परिचयपत्र छापिएर आएसँगै वितरण थालिएको हो।

अपांगता भएका व्यक्तिलाई परिचयपत्र

सामाजिक न्याय दिवसको अवसरमा सम्बोधन परियोजनासँग सहकार्य गरेर दुप्चेश्वर गाउँपालिकाले अपांगता परिचय पत्र वितरण तथा नवीकरण सम्बन्धी शिविर गरेको छ।

राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्नेको संख्या न्यून

रसुवामा राष्ट्रिय परिचयपत्र निर्माणका लागि विवरण दर्ता गराउनेको संख्या अत्यन्त न्यून छ। पाँच महिनाअघि परिचयपत्रका लागि विवरण दर्ता गर्न थालिएको थियो।

फोटोसहित परिचयपत्र देखाएर मतदान गर्न सकिने

प्रतिनिधिसभा, प्रदेसभा सदस्य र स्थानीय तहको शनिबार हुने उपनिर्वाचनमा मतदाताले कुनै करणवश मतदाता परिचयपत्र प्राप्त हुन नसकेमा, हराएमा वा नष्ट भएमा सरकारी निकायबाट फोटोसहित जारी भएको परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ।

नक्कली प्रहरी बनेर मोटरसाइकल तस्करी

प्रहरीको नक्कली परिचयपत्र बनाएर चोरीका मोटरसाइकल तस्करीमा संलग्नलाई पक्राउ गरेको छ । सुर्खेतबाट चोरी गरेर मोटरसाइकलहरु बाहिरी जिल्लामा पु-याउने र बाहिरबाट ल्याएर सुर्खेतमा विक्री गर्ने काममा संलग्न दैलेखको चामुण्डाविन्द्रासैनीका प्रशान्त शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

अपांगता परिचयपत्र दिन शिविर

खोटेहाङ गाउँपालिकाले अपांगता परिचयपत्र वितरणका बुधबारदेखि वडावडामा शिविर सुरु गरेको हो। खोटेहाङ गाउँपालिका–२ वाप्लुखाबाट सुरु गरिएको अपांगताको परिचयपत्र वितरण शिविर शुक्रबार खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे पुगेर टुंगिने गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए।

अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र

तेमाल गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी नयाँ परिचयपत्र वितरण गर्ने काम शुरु गरेको छ।

वर्षौंदेखि मुक्त हलियाको जङ्गलमा बास

गन्यापधुरा गाउँपालिका–२ का नरजित टमाटाको हलो जोत्दै गरेको तस्वीरलाई सरकारले निकालेको मुक्त हलिया परिचयपत्रमा रङ्गीन कभरको तस्वीर त बनायो तर, उनी स्वयंले ११ वर्ष बितिसक्दासम्म पनि परिचयपत्र पाएका छैनन् । उनी भन्छन् – “मैले हलो जोतेको फोटो हलियाहरुलाई दिइएको परिचयपत्रमा आयो तर, मैले अहिलेसम्म पनि परिचयपत्र पाउन सकेको छैन ।”

इ-पासपोर्टमा कमिसन चक्कर

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले खरिद गरिसकेको प्रणाली कमिसनको चक्करमा राहदानी विभागले पनि खरिद गर्न खोजेको भन्दै उच्च सरकारही अधिकारहिरुले चिन्ता व्यक्त गरेका छन्।

४ लाख परिवार ६ वर्षदेखि पर्खाइमा

नेपालमा एकचौथाइ जनसंख्या अझै पनि गरिबीको रेखामुनि छन्। गरिबीको घनत्व निश्चित जातजाति, लिंग र भूगोलमा अत्यधिक छ भने पछिल्लो समय बसाइँसराइ तथा तीव्र सहरीकरणका कारण सहरी गरिबीको स्तर बढ्दो छ।

दुई वर्षभित्र सबैलाई राष्ट्रिय परिचयपत्र

आउँदो दुई वर्षभित्र सबै नेपालीको हात हातमा राष्ट्रिय परिचयपत्र पुग्ने भएको छ। गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार यही वर्ष ७७ वटै जिल्लाबाट परिचयपत्र वितरण शुरु हुनेछ।

राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन सुरु

जिल्ला प्रशासन कार्यालय भवनमा ६ वटा डेक्स राखी फिल्ड कार्यालय सुरु गरिएको छ। धेरै किसिमका समस्या नागरिकले झेल्नु परेकाले परिचयपत्र वितरण गर्ने तयारी पूरा गरेर विवरण संकलन र परिचयपत्र वितरण सुरु गरिएको हो।

अंगीकृत नागरिकताबारे संसदमा जुहारी, सरिता गिरीलाई प्रेम सुवालको जवाफ

प्रतिनिधिसभाको मंगलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र पञ्जीकरण विधेयक छलफलका लागि प्रस्तुत गरे। छलफलका क्रममा समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालबीच जुहारी चलेको छ। विधेयक राष्ट्रिय परिचयपत्रको भए पनि यी दुईबीच अंगीकृत नागरिकताका विषयमा सवाल जवाफ भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्