१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

स्वास्थ्य भवन निर्माणमा चरम ढिलासुस्ती

स्वास्थ्य चौकी भवन निर्माणमा चरम ढिलासुस्ती भएपछि खोटाङको साकेला गाउँपालिकाले ठेकेदारमाथि कारबाही गर्न माग गरेको छ। साकेला–५ मात्तिम बिर्तामा तीन वर्षमा निर्माण गरिसक्नुपर्ने स्वास्थ्य चौकीको भवन पाँच वर्षमा पनि पूरा नभएपछि गाउँपालिकाले ठेकेदार कम्पनी युएस–नाना जेभी नीलकण्ठ–३ धादिङलाई कारबाही गर्न माग गरेको हो।

पाँच वर्षसम्म पनि बनेनन् स्वास्थ्य भवन

भूकम्पले क्षति भएका स्वास्थ्य संस्था अझै पनि अस्थायी भवनमै सञ्चालन भइरहेका छन्। स्वास्थ्य संस्थाहरूको स्थायी भवन नबन्दा सेवा प्रवाह गर्न कठिनाइ भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्