९ मंसिर २०८१ आइतबार
image/svg+xml

मिरोस्लाभ क्लोजद्वारा संन्यासको घोषणा

जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभले फुटबल खेल जीवनबाट संन्यासको घोषणा गरेका छन्। जर्मनीका लागि सर्वकालीन सर्वाधिक गोलकर्ता रहेका बार्यन म्युनिखका समेत पूर्व स्ट्राइकर रहेका ३८ वर्षीय क्लोजले मंगलबार फुटबल खेल जीवनबाट संन्यासको घोषणा गरेका हुन्।

दिलसानले संन्यास लिने

श्रीलंकाका ओपनर तिलकरत्ने दिलसानले दम्बुलामा अस्टे्रलियाविरुद्ध हुने तेस्रो एकदिवसीय खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने भएका छन्। ‘आइतबार दम्बुलामा हुने अस्ट्रेलियाविरुद्धतेस्रो खेलपछि मैले एकदिवसीयबाट संन्यास लिनेछु,’ बिहीबार संन्यासघोषणा गर्दै दिलसानले स्थानीय सञ्चारमाध्यमसँग भने, ‘त्यसपछि ट्वान्टी–२० खेल्नेछु र पूर्ण रूपमा संन्यास लिनेछु।’

स्वास्टाइरको संन्यास

जर्मनी कप्तान बास्टियन स्वास्टाइगरले शुक्रबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन्। उनले जर्मनीका लागि १ सय २० खेलेका थिए। युरो २०१६ को फ्रान्सविरुद्ध २–० ले गुमाएको खेल नै स्वास्टाइगरका लागि अन्तिम खेल बनेको छ। म्यानचेस्टर युनाइटेडका ३१ वर्षे मिडफिल्डरले टि्वटरमार्फत संन्यास घोषणा गरेका हुन्।

चेकका गोलकिपरको संन्यास

चेक गणतन्त्रबाट कीर्तिमानी १ सय २४ खेल खेलेका भेट्रान गोलकिपर पिटर चेकले १४ वर्षे अन्तर्राष्ट्रिय फुटबल करिअरबाट संन्यास लिएका छन्। ‘विश्वकप छनोट प्रतियोगिताको मध्यमा आएर मैले थकित महसुस गरेको छु।

मेसीलाई संन्यास फिर्ता लिन समर्थकको र्याली

अर्जेन्टिनाको राजधानी बियोनस आरिसमा शनिबार सयौं फुटबल समर्थकले आफ्ना फुटबल कप्तान लियोनल मेसीलाई संन्यास फिर्ता लिन दबाब स्वरुप र्याली लिकालेका छन्।

मेसीको संन्यासले रोनाल्डो निराश

ब्राजिलीयन फुटबल लिजेन्ड रोनाल्डोले अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अन्तराष्ट्रिय फुटबलबाट बिदा लिने निर्णयले आफूलाई नराश बनाएको बताएका छन्।

अस्ट्रियाका कप्तानको संन्यास

अस्ट्रियाका कप्तान क्रिस्टियन फचसले बुधबार ३० वर्षको उमेरमै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन्। टोली युरोपियन च्याम्पियनसिपको समूह चरणबाट बाहिरिएको एक सातापछि फचसले यस्तो निर्णय लिएका हुन्।

इब्राहिमोबिचद्वारा संन्यासको घोषणा

पेरिस – स्विडिस स्टार जाल्टन इब्राहिमोबिचले अन्तराष्ट्रिय खेल जीवनबाट संन्यासको घोषणा गरेका छन्। उनले हाल फ्रान्समा जारी युरो कप २०१६ आफ्नो अन्तराष्ट्रिय करियरको अन्तिम प्रतियोगिता भएको पनि बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्