बागलुङ पहिराे: गाउँलेले खोला थुनिएको पत्तै पाएनन्
बुधबार राति देउरालीमा पहिरो झ-यो । भीषण पहिरोले केहीबेर भुजीखोला थुनियो । तर तटीय भेगका बासिन्दाले सिरान क्षेत्रमा खोला थुनिएको मेसै पाएनन् । मध्यरात हुन थालेको र वर्षा निरन्तर भएकाले पनि खोलामा पानीको सतह घटबढ भएकोबारे गाउँलेले हेक्का राख्न सकेनन् ।