३ असार २०८१ सोमबार
image/svg+xml

एमालले सुन तस्करीबारे संसदमा सरकारको जवाफ माग्ने

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले करिव एक क्वीन्टल सुन प्रकरणमा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गर्ने बताएको छ।

पार्टीको सदस्य संख्या नघटेको एमालेको दाबी

नेकपा (एमाले) ले पार्टीमा रहेका सङ्गठित सदस्यहरुको संख्या नघटेको दाबी गरेको छ। एमालेका सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले आज विज्ञप्ति गर्दै एमालेको सदस्य संख्या नघटेको दाबी गरेको हो।

एमाले सदैव जनताको हितमा केन्द्रित रहन्छ: वरिष्ठ उपाध्यक्ष पोखरेल

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा (एमाले) विपक्षमा रहे पनि सदैव जनताको हितमा केन्द्रित रहेकोे बताएका छन्।

एमालेको अवरोधपछि संसद् बैठक स्थगित

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठकमा अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित गरिएको हो।

राष्ट्रियसभामा एमालेद्वारा प्रधानमन्त्री दाहालको राजीनामा माग

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राष्ट्रियसभामा प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ।

एमालेले संसद् बैठक अवरुद्ध गर्ने

बुधबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद् बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो।

‘बजेटले सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्‍यो’

नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले प्रदेश सरकारले ल्याएको बजेट सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्ने खालको भएको बताएका छन्।

कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट अघि बढाउनुपर्छ: ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट व्यापक रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न!

नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद् कसरी सञ्चालन हुनुपर्छ भनी संविधान, नियम र स्थापित अभ्याससहित नियमावलीमा सविस्तार स्पष्ट व्यवस्था गरिएको बताए।

एमालेमा ७० वर्ष उमेरहद हटाइयो

नेकपा (एमाले) केन्द्रीय कमिटीको उमेर हद हटाइएको छ। पार्टीको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले पार्टीको विधानमा रहेको केन्द्रीय कमिटीको ७० वर्षको उमेर हद हटाइएको जानकारी दिए।

एमालेमा सवा लाख नयाँ सदस्यताको आवेदन

नेकपा (एमाले) ले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानका अवधिमा एक लाख १९ हजार ९६ नयाँ सदस्यताको आवेदन परेको छ।

एमालेले सधैँ देश र जनताको पक्षमा काम गर्छ: महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीले लोककल्याणकारी राज्य निर्माणमा महत्वपूर्ण योगदान गरेको दाबी गरेका छन्।

२०८४ सालको निर्वाचन लक्षित कार्ययोजना बनाउने एमालेको निर्णय

पार्टीको जारी केन्द्रिय कमिटीको बैठकले २०८४ सालको निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउने उद्देश्यसहित २०८० सालको वार्षिक कार्य योजना बनाउन लागेको पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

एमालेले भन्यो: सरकारको काममा सहयोग र समर्थन छ

नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले थालेको छानबिनमा सहयोग गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्