२० आश्विन २०८१ आइतबार
image/svg+xml

'प्रशासकहरु शासक नबन्नुस्' : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले प्रशासकहरुले आफुलाई शासकको रुपमा प्रस्तुत नगरी जनताको सेवकको रुपमा प्रस्तुत गर्नुपर्ने बताएका छन्।

बिमस्टेकः गति र मति

अघिल्लो बिहीबार र शुक्रबार चलेको दुईदिने बिमस्टेक सम्मेलनको सबैभन्दा उत्तम पक्ष यसका सदस्य राष्ट्र मिलेर अघि बढ्यौँ भने संसारकै लागि नमुना बन्न सक्छौँ भन्ने स्वीकारोक्ति हो। जसलाई सम्मेलनका क्रममा सबैजसो राष्ट्र प्रमुखले उल्लेख गरे।

‘भित्र ठाउँ नपाएपछि बाहिर बोलेको हुँ’

मुलुक औपचारिक रूपमा संघीयतामा प्रवेश गरेसँगै तीनवटा सरकार (स्थानीय, प्रदेश र संघीय) बनेका छन्। तीन तहको सरकार बने पनि अहिलेसम्म जनताले भने खासै संघीयताको अनुभूति गर्न पाएका छैनन्।

ओली वंशको साधारणसभा प्रधानमन्त्री निवासमा

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार ओली वंश अक्षय कोषको वार्षिक साधारणसभा गरिएको छ।

मन्त्रिमण्डल हेरफेरको कुनै सम्भावना छैन : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले तत्कालै मन्त्रिमण्डल हेरफेरकोे कुनै सम्भावना नरहेको बताएका छन्। गोरखामा अायाेजना भएकाे कार्यक्रममा सहभागी हुन शनिवार गाेरखा अाएका गृहमन्त्री थापाले सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिमण्डल हेरफेरकाे कुरा सत्य नभएको बताए।

तत्कालका लागि चिनी आयात रोकिन्छ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका चिनी मिलमा प्रशस्त चिनी मौज्दात भएकाले तत्कालका लागि चिनी आयात रोकिने बताएका छन्। उखु उत्पादक किसान सङ्घ र चिनी मिलका प्रतिनिधिसँग प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले पाकिस्तानलगायत देशबाट सस्तो मूल्यमा आयात भएको चिनीसँग स्वदेशी चिनीले प्रतिष्पर्धा गर्न नसकेको गुनासो आएपछि यस्तो निर्णय गरिएको बताए।

सरकार सुशासन र आर्थिक विकासमा केन्द्रित छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले सुशासन र आर्थिक विकासमा केन्द्रित भएर अघि बढेको बताएका छन्।  इन्टरनेशनल फेडरेशन अफ यादव चेम्बर्स अफ कमर्शद्वारा आज यहाँ आयोजित नेपाल–भारत व्यापार सम्मेलनको उद्घाटन गर्दै उनले अब ‘समृद्ध नेपाल र सुखी नेपाली’को उद्देश्य पूरा गर्न ढिलाइ गर्दैनौ भने।

'प्रदेशले पर्याप्त अधिकार नपाउँदा काम गर्न कठिनाइ भयाे'

अन्तर परिषद बैठकको पूर्वसन्ध्यामा बसेको मुख्यमन्त्रीहरुको प्रथम भेलाले प्रदेशको लागि आवश्यक ९ बुँदे साझा मागसहितको एजेण्डा तयार पारेका छन्।

दोब्बर काम गर्न कर्मचारीलाई प्रधानन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निजामती कर्मचारीले अहिलेको भन्दा दोब्बर काम गर्ने ठाउँ रहेकाले त्यसअनुसार काम गर्न निर्देशन दिएका छन्।

भारतका पूर्व प्रधानमन्त्री देवेगौडाले गरे पशुपति पुगेर पूजाआजा

भारतका पूर्व प्रधानमन्त्री तथा जनता दल (सेकुलर)का नेता एचडी देवेगौडाले पशुपति पुगेर पूजाआज गरेका छन्।

मुख्यमन्त्रीहरुको प्रश्न : संविधानको अधिकार लिन पनि लड्नु पर्ने ?

प्रदेश सरकार स्थापना भएपछि पहिलोपटक मुख्यमन्त्रीहरु पोखरामा भेला भएका छन्। संघ र प्रदेशको बिचमा देखिएको अधिकार प्रत्यायोजनको टकरावका बिच मुख्यमन्त्रीहरु गण्डकी प्रदेशमा भेला भएका हुन्। प्रधानमन्त्रीको अध्यक्षता रहने यो परिषदमा सातै प्रदेशका मुख्यमन्त्री र संघीय सरकारका गृहमन्त्री र अर्थमन्त्री सदस्य रहने संवैधानिक व्यवस्था छ।

सातै प्रदेशका मुख्यमन्त्री पोखरामा

सातै प्रदेशका मुख्यमन्त्रीहरुको प्रथम भेला गण्डकी प्रदेश राजधानी पोखरामा चलिरहेको छ। अन्तर परिषद समन्वय परिषदको बैठकको पूर्वसन्ध्यामा परिषदमा रहने सदस्यहरु पोखरामा भेला भएका हुन्। कार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गको अध्यक्षतामा चलिरहेको छ।

ओलीको षड्भाषिक ट्विट र त्रैभाषिक शिक्षा

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न छ भाषामा आफ्नो प्रतिबद्धता ट्विट गर्नुभयो। प्रधानमन्त्रीको यो ट्विट देशका सबै मातृभाषीहरूका लागि खुसीका साथै सुन्दर भविष्यको संकेतका रूपमा आएको छ।

ऊर्जामन्त्री पुन बंगलादेश भ्रमणमा

ऊर्जा जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन बंगलादेशमा आयोजना हुने ऊर्जा सप्ताह समारोहमा भाग लिन बंगलादेश प्रस्थान गरेका छन्।

संसदमा प्रधानमन्त्रीको राजीनामा माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस नेता सिंहले सरकारका मन्त्रीहरुको संविधान उल्लंघन गरेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्