१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रसाईंले दुबईबाट १६ जनाको शव ल्याउने

१६ जनाको शव ल्याउनका लागि दुबईका अध्यक्ष शेख महम्मद जायद अल नायनसँग कुरा गरेको र दुवईस्थित विभिन्न नेपाली संघसंस्थासँग समन्वय गरिसकेको उनले बताए। प्रतिशव ४ लाख नेपाली रुपैयाँ आफैं खर्च गरेर ल्याउने उनले बताएका हुन्।

बिएन्डसीलाई सम्बन्धन दिन शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले झापाको बिएन्डसी मेडिकल कलेजले कानुनी प्रक्रिया पूरा गरेर कलेज सञ्चालनका लागि सम्बन्धन दिन चिकित्सा शिक्षा आयोग निर्देशन दिएका छन्।

‘बिएन्डसी मेडिकल कलेज चिकित्सा शिक्षा ऐनविपरीत छैन’

बिएन्डसी मेडिकल कलेज सञ्चालन चिकित्सा ऐनविपरीत नभएको कलेजका सञ्चालक दुर्गा प्रसाईंले दाबी गरेका छन्। तत्कालीन नेपाल सरकारको अनुमति र चिकित्सा शिक्षा ऐन २०७५ भित्र रहेर सम्बन्धन प्रक्रिया अघि बढेको बताए। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले यस्तो दाबी गरेका हुन्।

दुर्गा प्रसाईंको बिएन्डसी मेडिकल कलेजले चाँडै सम्बन्धन पाउँछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको प्रस्तावित बिएन्डसी मेडिकल कलेजले चाँडै सम्बन्धन प्राप्त गर्ने बताएका छन्। दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको क्यान्सर अस्पतालको मंगलबार झापाकाे बिर्तामोडमा उद्घाटन गर्दै ओलीले सम्बन्धनका लागि प्रक्रिया अघि बढेको र बिएन्डसीले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाउने दाबी गरे।

बिएन्डसीलाई सम्बन्धन दिन बिपीलाई विश्वविद्यालय बनाइने

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, उपकुलपति ज्ञानेन्द्र गिरीलगायतले काठमाडौं बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा शुक्रबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४४औं सिनेट राखेर बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन प्रतिष्ठानलाई विश्वविद्यालयमा परिणत गर्ने निर्णय गराएका छन्।

टिचिङका चिकित्सक उप्रेती बिएन्डसीका प्रिन्सिपल

टिचिङ अस्पतालमा आगामी पुस ३ गतेसम्मको पदावधि भएका रामप्रसाद उप्रेती अवकाश हुनुभन्दा ६ महिनाअघि नै बिएन्डसी मेडिकल कलेजको प्रिन्सिपल बनेका छन्।

बिएन्डसी सम्बन्धन प्रकरण : निर्णयबाट पछि हटे प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठकमा स्वास्थ्यमन्त्री गगन थापासहितका कांग्रेस मन्त्रीले जाँदाजाँदै सरकारले विवादित निर्णय गर्न नहुने भन्दै आपत्ति जनाएपछि दाहाल पछि हटेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्