केजरीवालले फेब्रुअरी १६ मा मुख्यमन्त्रीको सपथ लिने
आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा सपथ लिने भएका छन्। उनी दिल्लीको तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन्।
आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा सपथ लिने भएका छन्। उनी दिल्लीको तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँग सुशासन, पारदर्शीता र कानूनको पालना बाहेक अरु कुनै अपेक्षा नरहेको बताएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको महत्वपूर्ण व्यवसायिक व्यक्तित्व (सिआइपी) अवार्ड कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासन, पारदर्शीता र कानूनको पालना बाहेक अरु कुनै पनि कमिसनको माग निजी क्षेत्र र व्यवसायीसँग नगर्ने बताएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति असन्तुष्टि जनाएका छन्। मंगलबार गृहमन्त्रालयमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरुले तपाई नभनि तिमी भन्ने गरेकामा असन्तुष्टि जनाएका हुन्।
युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा)ले खेल क्षेत्रमा भएको सिण्डिकेट तोडन खेलकुद संघका पदाधिकारीहरु एउटै पदमा दुई कार्यकाल रहन सक्ने गरी विधेयक ल्याइएको बताएका छन्।
प्रदेश २ सरकारले चालू आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च दुई दशमलव ९६ प्रतिशत मात्र गरेको छ। दोस्रो चौमासिक अवधि सकिन लाग्दा पनि प्रदेश सरकारका मन्त्रालयहरूले विकास–निर्माणको अख्तियारी सम्बन्धित निकायमा पठाउन सकेका छैनन्।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसी विरुद्ध बाहिर आएका कुराहरु अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताएका छन्।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आर्थिक, औद्योगिक, पर्यटकीय, कृषिजस्ता क्षेत्रमा लगानीका लागि आफ्नो प्रदेशमा पर्याप्त सम्भावना रहेको बताएका छन्।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निजी क्षेत्रसँगको साझेदारीलाई थप प्रभावकारी बनाउन कानुनी सुधारदेखि उद्योगका लागि आवश्यक पूर्वाधार निर्माणमा सघाउन तयार रहेको बताएका छन्।
अर्थमन्त्री युवराज खतिवडाले मुलुकको औद्योगिक तथा पूर्वाधार विकासका लागि निजी, सार्वजनिक लगायत सबै प्रकारको वैदेशिक स्रोतको आवश्यकता रहेको बताएका छन्।
न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डनले आगामी सेप्टेम्बरमा आमनिर्वाचन गर्ने घोषणा गरेकी छन्।
भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झाले मंगलबार पदबाट राजीनामा दिएकी छन्। राज्यमन्त्री झा राष्ट्रिय जनता पार्टी(राजपा)संसदीय दलका नेता तथा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनललाई राजीनामापत्र बुझाएकी हुन्।
युरोपियन मुलुक लक्जम्बर्गका विदेश तथा युरोपियन मामिलामन्त्री जिन एसल्बोन दुई दिने नेपाल भ्रमणका सिलसिलामा बुधबार नेपाल आउने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटालाई सफल कार्यकालको शुभकामना दिएका छन्।
समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं कृषि मन्त्री शैलेन्द्र साहले फेसबुक वालमा सरकार पुनर्गठनलगायतका विषय समेटेर गरेको पोष्टले प्रदेश २ को सत्ता समिकरण फेरबदलको बहसलाई तताएको छ।
अर्थमन्त्री युवराज खतिवडाले बैँक तथा वित्तीय संस्थाको ब्याजदर कम गर्न नेपाल राष्ट्र बैँकलाई निर्देशन दिएका छन्।